वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

खनेर छोडिएको पोखरीमा डुबेर ५ वालवालिकाको मृत्यु

खनेर छोडिएको पोखरीमा डुबेर ५ वालवालिकाको मृत्यु

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया–६ मा पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ ।

नेपाल–भारतको सीमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको खनेर छोडिएको बेवारिसे पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको स्थानीय प्रहरीले जनाएको छ ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँका पाँच बालिकाको एकैपल्ट ज्यान गएपछि गाउँमा शोक छाएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै

दाउन्नेको एउटै फार्ममा तीन लाख लेयर्स कुखुरा

युरोकप फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै