वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

असहायको साहरा: 'भगवान सीता'को रुपमा चितवनकी सीता

असहायको साहरा: 'भगवान सीता'को रुपमा चितवनकी सीता

चितवन । नारायणी नदी तिरमा मानिसहरु खाना खानेको लाईनमा छन् । कयौ दिनदेखि नुहाईधुवाई नगरेका उनीहरुका आँखाले खानाको भाडो नियालीरहेको प्रष्ट देखिन्छ । जव हातमा खानाको प्लेट पर्छ हतार हतार खान थाल्छन् । खिर, तरकारी र अचार खाईसकेपछि करिब ५० वर्ष उमेर देखिने एक वयस्क भान्सा नजीक आउँछन् । खाना भाग लगाउदै गरेकी एक महिलालाई नमस्कार गरेर जान्छन् ।

ति महिला हुन सीता कुवँर गत वैशाख २० गतेबाट सडकमा वेवारिसे जीवन विताउदै आएका, खान नपाएका अनाथ अशक्क्तहरुलाई उनँले खाना खुवाउदै आएकी छन् । ‘सभ्यताको घर’की अध्यक्ष कुवँरको नेतृत्वमा नारायणी नदी तिरमा साँझ, बिहान गरेर दैनिक पाँच सयजनालाई खाना खुवाईने गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्वर १ ठिमुरामा रहेको नेपाले कुटीको तिन कठ्ठा क्षेत्रफलमा ‘सभ्यताको घर’ रहेको छ । सडकमा रहेका जीवित आत्माको उद्धार र मरेका मानिसहरुको लास व्यवस्थापन गर्ने काम यस संस्थाले गर्दै आएको छ ।

‘सभ्यताको घर’मा ३५ जना सडक मानवहरुले आश्रय पाएका छन् । सडकबाट उद्धार पश्चात औषधी उपचारसहित संरक्षण गृहमा राखीएको अध्यक्ष कुवँर समाचार दैनिकसँग बताउँछिन् ।

गत वर्षको लकडाउनमा भदौ पाँच गतेबाट सडकमा खाना खुवाउने काम गरेको संस्थाले दशै तिहार सडकमा नै मनाएर आफ्नो अभियानको समापन गरेको थियो । अहिले पुन: निषेधाज्ञा भएसंगै आफ्नो अभियानलाई निरन्तरता दिईएको अध्यक्ष कुवँरको भनाई छ ।

सडक मानवलाई राम्रोसंग नियालीरहेकी कुवँर भन्छिन्, यो समुदायसंग अथाह पैसा छ । जुन पैसालाई ठुलावडाले प्रयोग गदै आएका छन् ।

उनी थप्छिन्, ‘कवाडी संकलन गरेर वस्ने अनाथहरु पाँच सय, हजार पर्ने कवाडी सामानलाई पचाँस, सय रुपैँयामा बेचेर एक गिलास रक्सी र एक छाक खाना खान वाध्य छन् । होसमा सडकमा आउने असाह्यहरु पछि समाजमा बाच्नै नसक्ने अवस्था भएपछि रक्सीले लठ्ठीएर बस्ने गरेको उनको अध्ययनले देखाएको छ,’ उनी भन्छिन्, “ विभिन्न पारिवारीक समस्याका कारण सडकमा आउनु भएको छ । उहाँहरुको परिश्रमलाई राज्यले चिन्नुपर्छ ।”

सडक मानवलाई पहिचान गरेर उनीहरुको सिप र परिश्रमको सम्मान गर्नुपर्ने उनको धारणा छ । उनी थप्छिन्, “सडकमा वेवारीसे जीवन विताउनेहरुले संकलन गरेको कवाडी सामान लिने निश्चित ठाँउ हुनुपर्छ । वेवारीसेहरुलाई सस्तोमा खाना खाने व्यवस्था मिलाउने र उनीहरुलाई पैसा संकलन गर्न सिकाउने हो भने सडक मानवहरु केही समयमा नै आफ्नै खुट्टामा बाच्न सक्ने अवस्था आँउनेछ ।’

अहिलेसम्म १५ जनाको दाहसंस्कार
सीता आफैंमा निडर र सक्रीय महिला हुन् । उनीसँग एक्लैले १५ वटा वेवारीसे शव दाहसंस्कार गर्ने देखी शव जलाउनेसम्म काम गरेको अनुभव छ । सुरुमा साथीहरुको साथ रहेपनि पछिल्ला दिनहरुमा लाश वेवारिसे रहेको थाहा पाएलगतै जानुपर्ने र साथीभाईहरु आ आफ्नै काममा व्यस्त रहने गरेका कारण एक्लैले व्यवस्थापन गर्दै आएको उनी बताउँछिन् ।

सीता भन्छिन्, “लासको मुचुल्का उठाएपछी बाँसमा बाध्ने, एम्वुलेसमा राख्ने, एम्वुलेन्सबाट देवघाटमा लगेर दागवत्ति दिने र मट्टीलेत राखेर जलाउने गर्छु ।”

छोरी मानिसहरु घाटसम्म जानु हुदैन भन्ने हाम्रो संस्कारमा छोरी मान्छे भएर कसरी शव जलाउने शाहस आयो भन्ने प्रश्नमा उनी भन्छिन्, “म सानैबाट मान्छे मरेको ठाँउमा जान्थे । छोराछोरी एउटै हो हाम्रो समाजले छोरीलाई चिन्न नसकेको हो ।”

एउटा लास जलाउन दश हजारसम्म लाग्ने उहनको अनुभव छ । कयौ पटक लाश जलाउने पैसा नभएर उधारोमा सामान लैजानु परेको वाध्यता सुनाउदै कुवँर भन्छिन्, “जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म बास सहयोग गरेको छ । एम्वुलेसले एक पटकमा दुई हजार लिन्छ । लास लैजादा लैजादा एम्वुलेन्सको दाईलाई चिनेका कारण दुई तिनवटा लासको एकै पटक दिने गरेको छु । कात्रो किन्दा १५ सय लाग्छ त्यो पनि कपडा पसलमा पैसा भएको समयमा दिने गरेको छु । दाउर र सरसफाई खर्च गरेर देवघाटमा ४५ सय लाग्छ । सेतो कपडा, अगरवत्ती, रातो पहेलो अबीर, जौ तिल मट्टीतेल सबै गरेर करिब १५ सय र शव जलाउन सहयोग गर्नेलाई एक हजार खर्च हुन्छ ।”

वेवारिसे लास जलाउदाको अनुभव सुनाउदै उनी भन्छिन्, ‘कुनै लास छ, सात घण्टासम्म जल्न लाग्छ । हस्पीटलमा लामो समय बसेको लास जलाउनै गाहे हुन्छ । घुडा मुनिको भाग सजिलोसंग जलेपनि त्यसमाथीको भाग जल्न समय लाग्छ । टाउकोलाई काँचो बाँसले हान्नुपर्छ । शव जलाउने कुरा गदै जादा उहाँ भावुक हुदै भन्नुहुन्छ, “कयौ लासमा किरा परेका हुन्छन् । मरेपछी पनि कुहीएर बस्नुपर्यो जस्तो लाग्छ । वेवारीसे लास भन्ने थाहा पाएपछी मनले मान्दैन त्यसलाई कसरी हुन्छ छिटो व्यवस्थापन गरौ जस्तो लाग्छ । तर भनेको समयमा पैसा जुटाउन नसक्दा भने धनी र गरीबको मरन कति फरक है भनेर आफैलाई प्रश्न गर्न मन लाग्छ । ” उहाँ थप्नुहुन्छ, “धन्न धनी र गरीव जल्ने ठाँउ एकै रहेछ ।”

दागबत्ति दिएको सात दिनसम्म एक छाक खाना र तेह् दिनसम्म माछा मासु नखाने कुवँर चितवनको सडकमा २ सय ८५ जना सडक मानव रहेको तथ्य पेश गर्छिन् ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची