वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

भारतले सेनासँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने

भारतले सेनासँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने

काठमाडौं । भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटाएको छ । भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने भारतीय रक्षा मन्त्रालयले घोषणा गरेको हो ।

युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जनाएको छ ।

ती जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ । युद्धसम्बन्धी इतिहास समय समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने भारतीय रक्षा मन्त्रालयको विश्वास छ ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची