वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको आज एक वर्ष भएको छ । १४ जुन २०२० मा सुशान्त आफ्नै फ्याटमा मृत अवस्तामा भेटिएका थिए । ३४ वर्षको उमेरमा सुशान्तले आत्महत्या गरे । उनको निधनपछि भावुक बनेका फ्यानहरु एक वर्ष पुग्दा समेत उनलाई उतिकै सम्झि रहेका छन् ।

सुशान्तले आत्महत्या गरे वा हत्या थियो भन्ने विषयमा अझै प्रस्ट भइसकेको छ । तर उनी डिप्रेशनमा थिए । जसको कारण आत्महत्या जस्तो कदम चाले भन्ने रिपोर्टलाई उनका फ्यानहरुले अझै मानेका छैनन ।

सुशान्तको निधनको अनुसन्धान गरिरहेको सीबीआईले एक वर्षसम्म पनि घटनाबारे बास्तविकता निकाल्न सकेको छैन । अनुसन्धानको क्रममा सुशान्तको प्रेमिका रिया चक्रवर्तीले लामो समय जेल जीवन बिताए पनि ठोस प्रमाणको कारण उनी बाहिर आइसकेकी छिन् ।

सुशान्तको केसमा ड्रसको विषय जोडिएपछि बलिउडका स्टारहरुको नाम पनि यस घटनामा जोडिएको सीबीलाईले बताएको छ । तर एक वर्षसम्म पनि तथ्य पत्ता लागेको छैन ।

यता आज सुशान्तलाई सम्झेर भावुक बनेका फ्यानहरुले तस्बिर सेयर गर्दै सुशान्तलाई सम्झेका छन् ।

एक फ्यानले तस्बिर सेयर गर्दै लेखेका छन्–‘यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा हेरेर हामी कति रोयौँ ’

अर्का फ्यानले लेखेका छन्–आखिर सुशान्तले न्याय कहिले पाउँछ ?’

 

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची