वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

रोनाल्डाले पानी पिउँदा कोकाकोलाको शेयर मूल्य ४ अर्ब घट्यो

रोनाल्डाले पानी पिउँदा  कोकाकोलाको शेयर मूल्य ४ अर्ब घट्यो

काठमाडौं । युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए लगतै कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।

युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् ।

यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्बबाट अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको द गार्जियनले लेखेको छ । कोकोकोला युरोकपको प्रमुख प्रायोजक संस्था हो ।

सो घटनापछि युरोका प्रवक्ताले खेलाडीहरुलाई पानी नै खानका लागि प्रदान गरिएको टिप्पणी गरेका छन् ।

हंगेरी विरुद्धको मंगलबारको खेलमा रोनाल्डोले २ गोल गरेका थिए ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न