वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

एकैपटक १० बच्चालाई जन्म दिएको भन्ने खबर झुटो !

एकैपटक १० बच्चालाई जन्म दिएको भन्ने खबर झुटो !

काठमाडौं। केही हप्ता अगाडी विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको एक खबर झुठो साबित भएको छ । अफ्रिकाकी गोसियामी सिटहोल नामकी एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएको भन्ने खबर झुटो भएको दावी गरिएको छ ।

यो दावी ती महिलाका ब्वाइफ्रेण्ड र एकैपटक जन्मिएका भनिएका तिनै १० बच्चाका पिताले गरेका हुन् । महिलाका ब्वाइफ्रेण्ड र बच्चाका पिता तेबोगो सोतेत्सीले आफूलाई आफ्नी गर्लफ्रेण्डले एकैपटक १० बच्चा जन्माएको भन्ने कुरामा विश्वास नभएको बताएका छन् ।

दक्षिण अफ्रिकी मिडियाका अनुसार ३७ वर्षकी गोसियामीले आफ्ना ब्वाइफ्रेण्डलाई आफूले ८ जूनका दिन आधा रातमा १० बच्चा जन्माएको बताएकी थिइन् । तर, तेबोगोले अहिलेसम्म गोसीयामीलाई भेट्न सकेका छैनन् ।

तेबोगोको परिवारका अनुसार बच्चा जन्मिएको यति धेरै दिन भइसक्दा पनि गोसियामीले आफू कहाँ छिन् भन्ने बारेमा बताएकी छैनन् र बच्चाहरुको बारेमा पनि केही बताउकी छैनन् । तेबोगोले भने ‘गोसियामीले १० वटा बच्चा जन्माएको भन्ने हामीसँग कुनै प्रमाण छैन । हाम्रो केवल फोन र म्यासेजमा कहिलेकाहीँ कुरा हुन्छ ।’

गोसियामीका ब्वाइफ्रेण्ड तेबोगोले प्रिटोरिया न्यूजसँग कुरा गर्दै सर्वसाधारणसँग गोसियामीका लागि पैसा दान नगर्न अपिल गरेका थिए । उनले प्रिटोरिया न्यूजसँग भने ‘म यो कुराप्रति आभारी छु कि धेरै जना हाम्रो सहयोगको लागि आउनुभयो र हामीलाई आर्थिक सहयोग दिइरहनुभएको छ ।

तर, म सबैलाई आग्रह गर्छु कि जबसम्म हाम्रो परिवार र समुदायका मानिसहरुले यी बच्चाहरुलाई देख्दैनौं तबसम्म कुनै प्रकारको आर्थिक सहयोग नपठाउनुस् ।’

गोसियामीले कुन अस्पतालमा बच्चा जन्माएकी हुन् भन्ने कुरा पनि स्पष्ट हुन सकेको छैन । गोसियामीले आफ्ना ब्वाइफ्रेण्डलाई आफूले लुइ पास्चर प्राइभेट हस्पिटलमा १० बच्चा जन्माएको बताएकी थियन् तर अस्पतालले भने उनले १० बच्चा जन्माएको कुरा पुष्टि गर्न अस्वीकार गरेको छ ।

अस्पतालका प्रवक्ता मिचेल सादिकीले दक्षिण अफ्रिकी मिडिया इडब्लुएनसँग कुरा भनिन्–‘हाम्रो अस्पतालमा गोसियामी सिटहोल नामकी कुनै महिला बिरामीको वा १० बच्चा जन्मिएको कुनै पनि रेकर्ड छैन ।

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह