वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

एमालेको आन्तरिक विवादको चपेटामा कर्णाली प्रदेशसभा, बिहीवारको बैठक पनि अवरुद्ध

एमालेको आन्तरिक विवादको चपेटामा कर्णाली प्रदेशसभा, बिहीवारको बैठक पनि अवरुद्ध

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ ।
बिहीबारको बैठक सुरु हुनबितिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए । एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो । बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको उचित तवरले सम्बोधन हुनुपर्ने बताए ।

आफ्नो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको र यस बिषयमा प्रदेश सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु केपी ओली सरकारले मात्र गरेको गरे । उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै सदनको कामकारवाही अघि बढाउन नदिने बताए ।

सभामुखले पटक–पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द