वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

'मेसीले कोपा अमेरिका जित्नेछन् र 'गोट' (GOAT) को विवाद सधैंका लागि अन्त्य हुनेछ'

'मेसीले कोपा अमेरिका जित्नेछन् र 'गोट' (GOAT) को विवाद सधैंका लागि अन्त्य हुनेछ'

काठमाडौं । विश्वभरको फुटबलबारे समाचार प्रकाशन प्रशारण गर्ने मिडिया गोल डटकमले शुक्रबार एउटा टिप्पणी छाप्यो, कोपा अमेरिका अर्जेन्टिनाले जितेसँगै गोट (ग्रेटेस्ट अफ अल टाइम) को विवाद अन्त्य हुनेछ । विश्व फुटबलमा अहिले पनि गोट को हो भन्नेमा बहस छ । मानिसहरुका आ आफ्ना तर्क छन् । खेलाडीहरुले कायम गरेका आ-आफ्ना रेकर्डहरु छन् । पेले वा म्यारोडोनालाई सम्मानपूर्व छाड्ने हो भने पनि विश्व फुटबलमा धेरै लिजेण्ड खेलाडीहरु छन् ।

समकालिन फुटबलमा त हरेक पटकको डिबेडमा मेसी कि रोनाल्डो भन्ने प्रश्न छुटेको हुदैन । तथ्याङ र रेकर्डहरु केलाउने हो भने अर्जेन्टाइन सुपरस्टार कप्तान, बार्सिलोनाका प्लेमेकर लियोनल मेसीका रेकर्डहरु सवैभन्दा धेरै छन् । तर उनलाई खडेरी छ देशका लागि उपाधि जित्नु । त्यसैले नै गोलले यसपाली मेसीले कोपा अमेरिकाको उपाधि उचालेपछि त्यो खडेरीको पनि अन्त्य हुने र गोट मेसी बन्ने उल्लेख गरेको हो ।

आयोजक ब्राजिलमा शनिबार र नेपाली समयअनुसार आईतबार हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको फाईनल खेलमा धेरैको ध्यान गएको छ । नेपाली समय अनुसार भने आईतबार भोली विहान पौने ६ बजेबाट खेल सुरु हुनेछ ।

विश्व फुटबल जगतको ध्यान मेसीले अन्तराष्ट्रिय उपाधि जित्न सक्छन् कि सक्दैनन् भनेर पनि तानिएको हो । विश्व फुटबलकै कुरा गर्दा पनि पेले र म्यारोडोनाको देश हो ब्राजिल र अर्जेन्टिना । अहिले पनि कहलिएका खेलाडी यी दुई देशमा छन् । युरोपका केही देशसहित विश्व फुटबलमा उनीहरुको राज छ ।

यस्तो बहुप्रतिक्षित फाईनलको पूर्वसन्ध्यामा गोल डटकमले दुई देशबीचको खेलको तुलना गरेर हेड टु हेडमा को बलियो भन्ने विश्लेषण पस्किएको छ ।

२ वर्ष अघिको अघिल्लो संस्करणको कोपाको उपाधि भने ब्राजिलले आफ्नै घरमा राखेको थियो । कोरोनाका कारण अर्जेन्टिनामा हुने भनिएको यसपालीको प्रतियोगिता ब्राजिलमा सारियो । र अहिले पनि घरेलु माटोको फाईदा उठाउँदै ब्राजिलले नै उपाधि हत्याउने कतिपयको धारणा छ । विश्वकप फाईनल सरहकै हुने ठानिएको कोपा अमेरिका फाईनल र समानान्तर रुपमा चलिरहेको युरोकप फाईनलमा पुगेका ईङल्याण्ड र इटालीबीचको भिडत पनि कम्ता रोचक छैन ।

मेसी र नेइमार
मेसी र नेइमार नजिकका मिलन्सार साथी हुन् । अझ यसो भनौं मेसी नेइमारलाई धेरै मायाँ गर्छन्, उनलाई सिकाउछन् र अघि बढ्ने प्रेरण दिईरहन्छन् । बार्सिलोनामा छँदा मेसीले नेइमारको अविभावक जस्तै भूमिका खेलेका थिए । कुनै सन्दर्भमा मेसीले भनेका थिए, मलाई जसरी ब्राजिलियन रोनाल्डिनोले फुटबल सिकाए र प्रेरणा दिए, त्यसैगरि म नेइमारलाई सहयोग गर्न चाहान्छु ।

नेइमार मेसीको छायाँमा परेको गलत निश्कर्षसहित बार्सिलोना छोडे । पछि रियलाईजेशन गरेर फर्कन खोजे, फिर्ता ल्याउन मेसीले पहल गरे । तर संभव भएन ।

अहिले यीनै दुई मित्रका बीच महाभिडन्त हुँदैछ । आफ्नो मित्रतालाई सम्मानपूर्वक राखेर उपाधिका लागि भिड्न लागेको कुरा मेसीले बताएका छन् ।

उमेर, खेल र उपाधि तथा व्यक्तिगत उपलव्धिका हिसावले मेसी भन्दा नेइमार धेरै कान्छा छन् ।

दुई देशबीचको यस अघिको भिडन्तको तुलना गर्ने हो भने ब्राजिल भन्दा अर्जेन्टिना बलियो देखिएको छ ।

यसअघिका १ सय ११ भिडन्तमा अर्जेन्टिनाले ४६, ब्राजिलले ४० र बाँकी २५ खेल बराबरीमा टुंगिएका छन् । अन्तिम पटक सन् २०१९ को कोपा अमेरिका सेमिफाईनलमा भने ब्राजिलले अर्जेन्टिनालाई २ का विरुद्ध ० गोलले हर्राको थियो ।

पछिल्लो ५ कोपा अमेरिकाको तुलना:
कोपा अमेरिका २०१९:पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिकामा भिड्दा ब्राजिल २–० ले विजयी भएको थियो । घरेलु मैदानमै भएको २०१९ को कोपा सेमिफाइनलमा ब्राजिलका लागि गाब्रिएल जेसस र रोवर्टो फिर्मिनोले गोल गरेका थिए ।

चोटका कारण ब्राजिलका स्टार नेमार त्यस खेलमा सहभागी थिएनन् । लिओनल मेसीसहित एन्जल डी मारिया, सर्जियो अगुएरो, पाउलो डिबला, लाउटारो मार्टिनेज जस्ता खेलाडी भएपछि ब्राजिलले सेमिफाइनलमै अर्जेन्टिनालाई हरायो ।

कोपा अमेरिका २००७: सन् २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । लगातार दोस्रो पटक यी दुई टोली फाइनल खेल्दै थिए । अर्जेन्टिना तीन वर्षअघि हारको बदला लिने दाउमा थियो । तर ब्राजिलले खेल सहजै जित्यो । उक्त खेलमा ब्राजिलका जुलियो बाप्टिस्टा र डानी अल्भेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोवर्टो आयलाले आत्मघाती गोल गरेका थिए ।

कोपा अमेरिका २००४: २००४ को कोपा अमेरिका फाइनलमा पनि यी दुई टोली भिडेका थिए । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा अर्जेन्टिनाले दुई पटक अग्रता लिएको थियो तर ब्राजिलले पुनरागमन गर्दै बराबरी गर्‍यो ।

त्यसपछि टाइब्रेकरमा ब्राजिलले अर्जेन्टिनालाई ४–२ गोलले पराजित गरेको थियो । जहाँ अर्जेन्टिनाका दुई खेलाडीले गोल गर्न सकेनन् ।

कोपा अमेरिका १९९९: सन् १९९९ को कोपा अमेरिकामा दुई टोली क्वाटरफाइनलमा भिडेका थिए । जसमा ब्राजिलले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो । ब्राजिलका लागि रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि जुवान पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।

कोपा अमेरिका १९९५: सन् १९९५ को कोपा अमेरिकामा ब्राजिलले दुई गोलले पछि परेर पनि कमब्याक गर्दै निर्धारित समयमको खेल बराबरी गरेको थियो । त्यसपछि पेनाल्टीसुटआउटमा ब्राजिलले अर्जेन्टिनालाई ४–२ ले हरायो ।

Messi :
👕 778 Matches
🇦🇷 147 Caps
⚽ 745 Goals
🇦310 Assists
🏆 4 UEFA Champions League
🏆 10 La Liga
🏆 7 Copa del Rey
🏆 7 Spanish Super Cup
🏆 3 UEFA Super Cup
🏆 3 FIFA Club World Cup
🥇 1 Olympic Gold Medal
🏅 6 Ballon d’Or
🏅 6 European Golden Shoe
🏅 8 Pichichi Trophy
🏅 1 FIFA World Cup Golden Ball
🏅 4 IFFHS World’s Best Playmaker
🏅 12 Argentine Footballer of the Year
🏅 1 Laureus World Sportsman of the Year
🎖️ 14 FIFA FIFPro World XI
🎖️ 7 UEFA Champions League
🎖️ 12 UEFA Team of the Year
🎖️ 1 FIFA World Cup Dream Team
🎖️ 4 Copa América Dream Team
🎖️ UEFA Ultimate Team of the Year
🎖️ Argentina National Football Team of All Time
🎖️ Ballon d’Or Dream Team
✅ Most Ballon d’Or: 6
✅ Most European Golden Shoe Awards: 6
✅ Most IFFHS World’s Best Playmaker Awards: 4
🔝Top Scorer of Barcelona: 672
🔝Top Scorer of Argentina: 76
GOAT🐐🔥❤️

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ