वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गएराती सिद्धार्थ राजमार्ग अन्तरगत बर्तुङ्ग राम्दी सडकखण्डको दुई स्थानमा खसेको पहिरले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार उक्त राजमार्गको रम्भा गाउँपालिका ३ अगाहाँखोला तथा बगनासकाली गाउँपालिका ४ शेरामा पहिरोले सडक अवरुद्ध भएको छ ।

गएरातीदेखि नै सडक अवरुद्ध भए पनि पानी पर्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउने कार्य सुरु नभएको प्रहरीले जनाएको छ । सडक डिभिजन पाल्पाको स्काभेटर पहिरो गएको स्थलमा जादै गरेको भएपनि दुईवटा पहिरो पन्छाउन केही समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा माहबहाक सवारीसंगै अत्यावश्यक सेवाका सवारी समेत बीच सडकमा अलपत्र परेका छन् ।

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ