वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

स्याङ्जाका दुई पुरुषमा कोरोनाको डेल्टा भाइरस पुष्टि

स्याङ्जाका दुई पुरुषमा कोरोनाको डेल्टा भाइरस पुष्टि

पाल्पा । स्याङ्जाका दुई जना पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ । कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुषमा डेल्टा भेरिएन्ट देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जामा २ जनामा नयाँ भेरिएन्ट पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । दुवै जनाको जेठको अन्तिम साता नमुना संकलन गरि पठाईएको थियो । नयाँ भेरिएन्ट देखिएर संक्रमण पुष्टि भएको नतिजा आउदाँ भने संक्रमित दुवैजना निको भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । अहिले पालिका भित्र संक्रमण न्यूनिकरणका लागि उच्च सतर्कता अपनाइएको पनि अध्यक्ष थापाले बताए ।

जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाएको थियो । जसमध्य सबै जनामा डेल्टा बि.१.६१७.२ (नयाँ भेरिएन्ट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । नयाँ भेरिन्ट देखिएकामा स्याङ्जाका २ पुरुषसंगै गोरखाका ३ जना महिला रहेका छन् ।

नेपालमा प्रयोगशाला नभएको कारण देशभरीबाट १३० वटा नमुना संकलन गरेर विदेश पठाइएकोमा ८० जनामा डेल्टा भाइरस पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालकी निमित्त निर्देशक सपना सुवेदीले बताईन् ।

 

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल