वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाइते

पाल्पा । पाल्पामा आइतबार दिउसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिकाको दोभानदेखि सिस्नेरी तर्फ जादै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टरको अगाडीको दायाँ तर्फको टायर फुस्किन तिनाउँ गाउँपालिका वडा नं. २ का ३८ वर्षीय ३८ दुर्गा बहादुर गाहाको मृत्यु भएको हो ।

आफैले चलाएको ट्याक्टरले च्याप्न उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । टायर फुस्किएर अनियन्त्रत भएको ट्याक्टर सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्दा सहचालक ४२ वर्षीय एक बहादुर थापा घाईते भएकोमा उपचारको लागि स्थानीय मेडिकलमा पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । घटना बारे थप अनुसनधान जारी रहेको प्रहरीले जनाएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल