वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

वडाध्यक्षको निधनपछि पाल्पा निस्दी गाउँपालिकामा आज शोक बिदा

वडाध्यक्षको निधनपछि पाल्पा निस्दी गाउँपालिकामा आज शोक बिदा

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ का अध्यक्ष न्योबहादुर सुनारीको गएराती निधन भएको छ। ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिए ।

वडाध्यक्षको निधन भएपछि आज एक दिनका लागि गाउँपालिकामा शोक बिदा दिने निर्णय भएको पनि अध्यक्ष सारुले बताए । सामाजिक र राजनीतिक क्षेत्रमा सकृय रहेका सुनारीको मृत्यु भएपछि सिंगो गाउँपालिका शोकमा डुवेको भन्दै तिन दिनसम्म पालिका र वडा कार्यालयहरुमा आधा झण्डा झुकाउने निर्णय गाउँपालिकाले गरेको छ ।

कलेजोमा समस्या देखिएपछि औषधि सेवन गर्दै आएका सुनारी गत सोमबार बिहानदेखि उपचार गराउदै आएका थिए । नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका सुनारीका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द