वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

माओवादी केन्द्र : ‘कसैलाई ७ पटक लाभ, कसैको पुर्पुरोमा हात’

माओवादी केन्द्र : ‘कसैलाई ७ पटक लाभ, कसैको पुर्पुरोमा हात’

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी भईसकेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा गठित गठबन्धन सरकारमा माओवादीले कति मन्त्रालय पाउने हो भन्ने अझै एकिन भईसकेको छैन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयमा नेतृ पम्फा भुषाल र अर्थ मन्त्रालयमा जनार्दन शर्माले प्रधानमन्त्रीसँगै सोमबारै सपथ ग्रहण गरिसकेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाले माओवादीलाई ३० प्रतिशतको हाराहारीमा मन्त्रालय दिने तयारी गरेको बताईएको छ । त्यसो हुंदा माओवादीको भागमा ७ देखि ८ मन्त्रालय पर्न आउँछ । २ नेता मन्त्री भईसकेकाले अव माओवादीले ५ वा ६ जना कसलाई लैजाला भन्ने टुंगो लगाएको छैन ।

कस्ता नेतालाई, मन्त्री बनाउने भन्ने सैद्धान्तिक आधार माओवादी स्थायी कमिटिले तयार पारिसकेको छ । सकेसम्म प्रादेशिक सहभागिता सुनिश्चित गर्ने, जातीय, लैङ्गिक, मधेशी, थारु, मुस्लिम तथा दलित समुदायको सहभागिता मिलाउने व्यक्ति तोक्ने जिम्मा माओवादीले अध्यक्ष प्रचण्डलाई दिएको छ । यस्तो मापदण्डभित्र को को सांसद हटाउने हुन् भन्ने कुरा हेर्न बाँकी छ ।

माओवादी भित्र आधा दर्जन पटक मन्त्री भईसकेका नेता पनि छन् । कतिपयले पटक–पटक अवसर पाईरहने र कतिपय नेता सधैं अवसरबाट बञ्चित हुने अवस्थाबारे माओवादी भित्र पटक पटक प्रश्नहरु उठिरहेका छन् ।

माओवादीको स्थायी कमिटीमा रहेका सवै नेताहरु दोहोर्याएर, तेहेर्याएर एक पटक देखि ६ पटकसम्म मन्त्री बनिसके । तर कोहि नेता भने अहिलेसम्म एक पटक पनि मन्त्री बनेका छैनन् ।

एक पटक पनि मन्त्री नभएका नेताहरूलाई मन्त्री बनाइने आश्वसन भने हरेक पटक दिइन गरिन्छ । तर मन्त्री पद भने तीनको भाग्यमा पुग्दैन । पुग्छ त केबल त्यहि आश्वसन ।

मन्त्री भएका प्रतिनिधि सभाका सांसदहरू
१. अग्निप्रसाद सापकोटा
२. ओनसरी घर्ती
३. कमला रोका
४. कृष्णबहादुर महरा
५. गिरिराजमणि पोखरेल
६. चक्रपाणि खनाल
७. जनार्दन शर्मा
८. टेकबहादुर बस्नेत
९. देवप्रसाद गुरुङ
१०. धर्माशीला चापागाई
११. पम्फा भुसाल
१२. पुष्पकमल दाहाल ‘प्रचण्ड’
१३. पूर्णकुमारी सुवेदी (पूर्व उपसभामुख)
१४. वर्षमान पुन
१५. वीना मगर
१६. राम कुमारी चौधरी (राज्यमन्त्री)
१७. सत्या पहाडी
१८. शक्ति बस्नेत
१९. सुरेन्द्र कार्की
२०. रेखा शर्मा
२१. हरिवोल गजुरेल
२२. शिवकुमार मण्डल
२३. मातृकाप्रसाद यादव
२४. हितबहादुर तामाङ
२५. रामेश्वर राय यादव
२६. श्यामकुमार श्रेष्ठ (राज्यमन्त्री)
२७..सन्तकुमार थारु

२८.जयपुरी घर्ती

 

मन्त्री हुन नपाएका प्रतिनिधि सभाका सांसद

१. वोधमाया कुमारी यादव
२. सुदन किराती
३. सुरेशकुमार राई
४. सुरेस चन्द्र दास
५. हरिराज अधिकारी
६. हेम कुमार राई
७. अञ्जना विशंखे
८. अमन लाल मोदी
९. अमृता थापा (समिति सभापति)
१०. ईन्दु कुमारी शर्मा
११. गजेन्द्र बहादुर महत
१२. गंगा बहादुर तामाङ
१३. चाँद तारा कुमारी
१४. चुडामणी खड्का
१५. शशी श्रेष्ठ (राज्य व्यवस्था समिति सभापति)
१६. दिल कुमारी
१७. दुर्ग बहादुर रावत
१८. दुर्गा कुमारी विश्वकर्मा
१९. देवेन्द्र पौडेल
२०. महेश्वरजंग गहतराज
२१.यशोदा गुरुङ सुवेदी

२२.जीवन बुढा

राष्ट्रियसभाका सदस्यहरु मध्ये नारायणकाजी श्रेष्ठ र दिनानाथ शर्मा मन्त्री भईसकेका छन् भने, रामनारायण विडारीलगायत मन्त्री भएका छैनन् । विडारी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति छन् ।

 

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द