वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

पाल्पामा साउन १० गतेसम्म निषेधाज्ञा, सार्वजनिक यातायात जिल्लाभित्र मात्र जोरबिजोर खुल्ने

पाल्पामा साउन १० गतेसम्म निषेधाज्ञा, सार्वजनिक यातायात जिल्लाभित्र मात्र जोरबिजोर खुल्ने

पाल्पा । पाल्पा जारी निषेधाज्ञालाई साउन १० गतेसम्मका लागि थप गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञालाई केही खुकलो गरिएको पनि समितिले जनाएको छ । यसअघि पूर्ण रुपमा बन्द गरिएको सार्वजनिक सवारीलाई समेत जोर विजोर प्रणालीमा जिल्लाभित्र मात्रै संचालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

यस्तै यसअघि बिहान ७ बजेदेखि ३ बजेसम्म खुलेका सबैखाले पसलहरु दुई द्दण्टा थप गरि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए । मानिसहरु भिडभाड हुने स्थलहरु भने पूर्ण रुपमा बन्द गरि अत्यावश्यक सेवाका सवारीलाई भने २४ सै घण्टा संचालन गर्न पाउने व्यवस्था समितिले गरेको छ ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल