वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सांसदले छोड्न थालेपछि महन्थ पुगे ओली भेट्न बालकोट

सांसदले छोड्न थालेपछि महन्थ पुगे ओली भेट्न बालकोट

काठमाडौं । विभाजन उन्मुख जनता सामाजवादीका सांसदहरुले महन्थ ठाकुर पक्ष छोडेर उपेन्द्र यादव पक्षमा लाग्न थालेपछि अध्यक्ष ठाकुरले दौडधुप बढाएका छन् । ठाकुर शनिबार विहानै नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट भक्तपुर पुगेका छन् ।

बालकोटस्थित ओली निवासमा दुई पक्षबीच छलफल भएको हो । छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् ।

ओली नेतृत्वको सरकारमा जसपाको महन्थ समूह जेठ २१ गते सहभागी भएको थियो । तर असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तारित मन्त्रिण्डल असंवैधानिक ठहर गर्दा उनीहरुको पनि पदच्युत भएको थियो । विभिन्न माग पुरा गराउने शर्तमा ओली सरकारमा गएको जसपाको महन्थ पक्ष आफै मन्त्रिमण्डलबाट बाहिरिनु मात्र परेन ओली सरकार नै ढलेपछि अहिले उनीहरुको माग समेत अलपत्र परेको छ ।

यसपछि सर्वोच्च अदालतले पुन: गत असार २८ गते प्रतिनिधि सभा पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिएका हुन् । यता देउवा सरकारलाई भने जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले साथ दिएको छ ।

मुलुकको राजनीति ओली र ओली इत्तर पक्षमा विभाजित हुँदा ठाकुर पक्षले ओलीलाई साथ दिएको थियो । सोही क्रममा जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि जसपाबाट मन्त्री बनेकाहरू महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो। सर्वोच्चका फैसलाले ओलीसँगको सत्ता सहकार्यमा ब्रेक लगाइदिएपछि ठाकुर पक्ष रनभूल्लमा छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विपक्षी बनेको ओली खेमासँग ठाकुर पक्षले छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी र संसदीय दलमा बहुमत जुटाएर जसपाको आधिकारिकता लिने देखिन्छ ।

पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद पनि यादव पक्षसँग निकट हुन थालेको पाइन्छ । पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा पर्ने संकेत देखिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्टी विभाजन हुने अन्तिम चरणमा छ । जसपा विभाजनको फैसला गर्न साउन ३ गते निर्वाचन आयोगले गठन गरेको इजलास बस्दै छ ।

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह