वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

संसद बैठक तयारी: ८०१ को एन्टिजेन परीक्षणमा ३ जनालाई पोजेटिभ

संसद बैठक तयारी: ८०१ को एन्टिजेन परीक्षणमा ३ जनालाई पोजेटिभ

काठमाडौं । भोलीबाट सुरु हुने संघीय संसदको अधिवेशनको तयारी स्वरुप गरिएको एन्टिजेन परिक्षणका क्रमा ३ जनालाई पोजेटिभ लक्षण देखिएको छ । संघीय संसद सचिवालय परिषरमा आज भएको ८ सय १ जनाको परिक्षणमा ३ जना कर्मचारीलाई पोजेटिभ देखिएको र उनीहरुको पिसिआर परिक्षणका लागि पठाईएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखज्यू, माननीयहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरि हिजो र आज ८०१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जना कर्मचारीको पोजेटिभ , बाकी सबै ७९८ जनाको नेगेटिभ, पोजेटिभ आएकाहरुलार्इ पिसिआर गर्न पठाएको छ, सचिवालयले भन्यो ।

संसद अधिवेशनका लागि सचिवालयले स्वास्थ्य मापदण्ड पालना हुनेगरि व्यवस्थापकीय तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले तयारीबारे निरिक्षणसमेत गरिसकेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजे बैठक बस्नेगरि अधिवेशन आव्हान गरेकी छन् ।

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह