वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

नगरकोट क्षेत्रको लो भोल्टेज समस्या समाधान

नगरकोट क्षेत्रको लो भोल्टेज समस्या समाधान

भक्तपुर । भक्तपुरको नगरकोट आसपास क्षेत्रमा लामो समयदेखि कायम विद्याुतमा लो भोल्टेज समस्या समाधान भएको छ । बढी विद्युत भोल्ट चाहिने मेसिनरी काम गर्दा सधैं समस्यामा पर्ने सो क्षत्रका विद्युतका उपभोक्ताले राहत पाएका छन् ।

शनिबारदेखि नगरकोटको सो क्षेत्रमा विद्युत स्तरोन्नती भएको हो । चाँगुनारायण नगरपालिका वडा नं ६,शाबिक नगरकोट गाबिस वडा नं ३ बेशिटोल स्थित करिब २००घरधुरि लो भोल्टेज का कारण बत्ती मुनिको अध्या्रोमा बस्न बाध्य थिए ।

भक्तपुर जिल्ला माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपी ढकाल, नेता देवेन्द्र श्रेष्ठलगायतको पहलमा भोल्टेज बढाउने काम सम्पन्न भएको हो ।

विद्युतको स्तरोन्नती भएपछि नेता ढकालले भनेका छन्, ‘आजको दिन धेरै खुसी लागेको छ । चुनावको दौरानमा नगरकोटमा लो भोल्टेज समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थिए । चुनाव हारेपनी आज यो प्रतिबद्धता पूरा गरेको छु । भक्तपुर बिद्धुत कार्यालय प्रमुख राजकुमार रमणलाइ धन्यवाद । नगरकोटका सबै कमरेड र जनसमुदायलाई हार्दिक बधाई ।’

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases