वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

देउवालाई विश्वासको मत: यस्तो छ अंक गणित

देउवालाई विश्वासको मत: यस्तो छ अंक गणित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो बैठकबाटै विश्वासको मत दिने भएका छन् । संवैधानिक व्यवस्था अनुसार संसद बैठक सुरु भएको एक महिना भित्र विश्वसको मत लिनुपर्ने प्रावधान भएपनि देउवाले सुरुकै दिन विश्वासको मत लिएर सरकार सहज ढंगले अघि बढाउने योजना बनाएका हुन् । ५ दलीय गठवन्धनको सरकार बनेपनि अहिले सरकारमा २ दलका ४ मन्त्री मात्रै सहभागि छन् । सरकारलाई थप गति दिन मन्त्रिपरिषद विस्तार गर्नुपर्ने र त्यसका लागि दलीय विश्वास आवश्यक देखिएकाले उनले पहिलो प्राथामिकतामा विश्वासको मत लिने कार्य गर्न लागेका हुन् ।

संविधानको धारा ७६ ५ अनुसार यसअघि राष्ट्रपति कार्यालयमा पेश भएको देउवाको दावी र तत्कालिन प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत प्रतिनिधिसभाका बहुमत सदस्यहरुले हस्ताक्षर गरेका छन् । विपक्षी गठवन्धनमा अहिले सम्म कुनै खटपट नदेखिएकाले यस अघि हस्ताक्षर भएको मत देउवाको पक्षमा विश्वासको मतका रुपमा जाहेर हुने संभावना देखिएको छ ।

यस अघि जसपामा रहेका केही सांसद उपेन्द्र यादवको पक्षमा थपिएकाले यस अघिको मतमा देउवाले थप मत पाउने देखिएको छ । तर नेकपा एमाले भित्रको विवाद अझै समाधान नभएको र एउटा पक्ष समस्याको हल गरेर पार्टी एकता बचाउन लागिपरेकाले नेपाल पक्षमा यस अघि खुलेका सांसदहरु सवैले मत दिन्छन् वा दिदैनन् भन्ने प्रष्ट छैन ।

सरकारलाई माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको बाबुराम उपेन्द्र पाक्ष र राष्ट्रिय जनमोर्चाको साथ छ । यी दलका सांसदहरुमध्य १ सय ४६ सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्न १३६ मत आवश्यक छ।

नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार र मोहम्मद अफताफ आलम निलम्बनमा छन्।

नेकपा माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। विगतमा ५३ सांसद भए पनि लेखराज भट्ट र टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद छैनन्। त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। तर स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीमै फर्किसकेका छन् ।

जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सांसदको संख्या जोड्दा देउवाको पक्षमा १ सय २७ सांसद पुग्छन्। स्वतन्त्र सांसद लामाको मत जोड्दा १२८ हुन्छ। यस्तो अवस्थामा माधव नेपाल पक्षका ८ सांसद भए देउवालाई बहुमत पुग्नेछ। तर नेपाल पक्षका यसअघि मत दिएका प्राय: सवैले दिने र अझ प्रेम आले लगायत ओली पक्षमा पुगेका सांसदहरु पनि नेपाल पक्षमा थपिने एक नेताले जानकारी दिए ।

यसो गर्दा देउवाको पक्षमा विश्वासको मत दिने सांसदहरुको संख्या १ सय ५१ मत पुग्नेछ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकेको छ।

यस अघि कर्णाली प्रदेशमा माधवकुमार नेपाल पक्षले सरकारलाई विश्वासको मतका लागि आवश्यक पर्ने मत मात्रै दिएको थियो । बाँकी तटस्थ बसेका थिए । नेपाल पक्षले कर्णालीकै रणनीति अख्तियार गर्ने हो भने देउवालाई विश्वासको मतका लागि आवश्यक पर्ने ८ मत दिएर विश्वासको मत पुर्याईदिने बाँकी नेपाल पक्षका सांसद तटस्थ बस्ने संभावना पनि रहेको नेपाल पक्षका एक सांसदले बताए ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची