वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

कोरोनाको तेश्रो लहर रोक्ने तयारी थाल्नुस्: देउवा

कोरोनाको तेश्रो लहर रोक्ने तयारी थाल्नुस्: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संभावित तेस्रो लहरबाट जोगिन पूर्व तयारी थाल्न सम्बिन्धीत निकायलाई निर्देशन दिएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी देउवाले खोप खरिदलाई चुस्त रुपमा अघि बढाउनसमेत निर्देशन दिएको जनाएका छन्। ‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु,’  प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत भनेका छन्।

त्यसैगरी देउवाले परीक्षणको दायरा बढाउन र नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउने निर्देशन दिएका छन्। ‘कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेको छु,’ देउवाले भनेका छन्।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द