वि.सं २०७८ साउन १८ सोमबार फोरेक्स युनिकोडमौसम

रोष्ट्रमबाट ओलीलाई प्रचण्डका दर्जनौं प्रश्न– जवाफ दिन ओली किन गएनन् ?

रोष्ट्रमबाट ओलीलाई प्रचण्डका दर्जनौं प्रश्न– जवाफ दिन ओली किन गएनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई दर्जनौं प्रश्न तेर्स्याएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिदै अध्यक्ष प्रचण्डले भने, दुई तिहाई बहुमतको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गर्ने र देशलाई दुर्घटनामा धकेल्ने काम पहिलो पटक भएको हो । विगतमा यस्तो भएको थिएन । पार्टी एकता गरौं देशमा बमपन्थीहरुको माहोल छ । भनेर प्रस्ताव गर्ने मैले अहिले यो अवस्थामा बोल्नु पर्दा यस्तो दुर्दशा यतिछिटो देख्नुपर्ला भन्ने ठानेको भए किन गठवन्धन र पार्टी एकताको प्रस्ताव लैजान्थे होला ?

राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका क्रममा जे दृष्य देखियो त्यो सामान्य प्राविधिक मात्र हैन लोकतन्त्र स्वीकार गर्न सक्ने नसक्ने विषय हो । आज पनि पुनस्थापित संसद बैठकमा प्रतिपक्षी दलको नेता केपीजीकै मुखबाट केही कुरा सुन्न चाहेको थियो । त्यो भएन । यो पनि अलि अस्वभाविक जस्तो लागेको छ । के लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो ?

तर्क त धेरै गर्न सकिन्छ, तर धेरै तर्कलाई एउटै तथ्यले खण्डन गर्न सकिन्छ । मनोगतवाद, अहंकारवाद, छलकपट, भन्ने एउटा गर्ने अर्को हामी देख्ने भोग्ने हामी यहीँ छौं । अव यो चल्दैन ।

लोकतन्त्रको कुरा गर्दा पहिलो चोटी केपी जिले भनेको कुरा पार्टी भित्र काम गर्न दिएनन् त्यसैले संसद विघटन गरें । त्यसरी विघटन गर्न पाईन्छ ? कुन चैं लोकतन्त्र हो यो ? पार्टी भित्र विवाद हुंदा पार्टीको बहुमतलाई स्वीकार गर्न नसक्ने सत्ताको बलले मिच्न खोज्ने कुन चैं संस्कार हो ?

विपक्षीदलमा रहेका दललाई ७६ (५) ले लोकतन्त्रलाई क्षेति पुग्ने भयो संविधान संशोधन गरौं कहिल्यौं भन्नुभयो ? अहिले लोकतन्त्र जान लाग्यो भनेर गोहीको आँशु झारेर कसैले पत्याउँछ । ७६ (५) सार्वभौम सांसदको विषेशाधिकार हो त्यो । त्यसको प्रयोग हुंदा तपाईहरुलाई त्यत्रो चिन्ता ? त्यतिबेला तपाईहरुको चिन्ता थियो ?

संविधानको मर्म अनुसार सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गर्यो । यो पो लोकतान्त्रिक भयो त ? संसदको हत्या गर्नु लोकतान्त्रिक हो त ? ७६ (५) अनुसार १ सय ४९ जनाको हस्ताक्षर लिएर गएपछि नियुक्त नगर्नु पो लोकतन्त्र विरोधी भयो । अदालतले प्रधानमन्त्री नियुक्त गरेको होईन । संविधानको धारा ७६ (५) को ब्याख्या पो गरेको हो । कुरा सिधा छ । यहाँ हायातवा गर्नुपर्ने कुरा देख्दिन म ।

शान्ति प्रकृयामा माओवादी आएको युद्ध हारेर होईन । त्यतिबेला ७ राजनीतिक दल एकातिर माओवादी अर्कोतिर भएर यही हलमा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । तपाईहरु हैन ? हामीसंग कहिले रोल्पामा कहिले कहाँ हामीसंग बार्ता गर्न आएको ? व्यक्तिगत अहंकार र दम्भले केही पनि हुदैन । त्यसको फल तपाईले भोग्नुभएको हो । अझै भोग्नुहुनेछ ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द