वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

मेरो सरकारको प्राथामिकता सवैलाई कोरोना विरुद्धको खोप–देउवा

मेरो सरकारको प्राथामिकता सवैलाई कोरोना विरुद्धको खोप–देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथामिकता नै कोरोना विरुद्धको खोप हुने बताएका छन् । खोप आयाद देखि व्यवस्थापन र खोप लगाउने कामलाई व्यवस्थित बनाउन आवश्यक निर्देशन र अनुगमन गरेको प्रधानमन्त्री देउवाले चुनाव अघिसवै नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने बताएका हुन् ।

खोप कार्यक्रमको अनुगमनका तथा गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग संघ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको देउवाले शुभारम्भ गरेका छन् ।  देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु।’

अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार केन्द्रमा अपाङ्गता भएका १८ वर्षभन्दा माथिका ‘क’ र ‘ख’ वर्गको परिचयपत्र हुनेलाई खोप लगाइने छ ।

कोही छुटेमा नगरपालिकाले सञ्चालन गरेको वडा नम्बर ५ चामुण्डा माध्यमिक विद्यालय र वडा नम्बर ४ को सहयोगी माध्यमिक विद्यालय केन्द्रमा गई खोप लगाउन सक्ने जनाइएको छ ।

देउवाले भने, ‘सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हो । आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु।’

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द