वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

ए डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले एन्फालाई बुझायो ज्ञापन पत्र

ए डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले एन्फालाई बुझायो ज्ञापन पत्र

काठमाडौं । पूर्वनिर्धारित ए डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले एन्फसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

असोज ३ गतेका लागि लिग रोक्न माग गर्दै चार क्लबले एन्फालाई ज्ञापन पत्र बुझाएका हुन् । ए डिभिजन क्लबहरु जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेट ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरि ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

गत असार १४ गते एन्फामा भएको ए डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर चार क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फालाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित