वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा सुधार

महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा सुधार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा ७१ प्रतिशतले बढेका हो।
चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.९३ रुपैयाँ पुगेको छ । करिब नौ प्रतिशत पूँजी बढाएको बैंकको नाफा बढेपछि प्रतिशेयर आम्दानी ५७ प्रतिशतले बढेको हो। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ५६ करोड ३८ लाख ५६ हजार रुपैयाँ छ ।

असार मसान्तसम्म बैंकले ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र एक अर्ब २ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैह्र सञ्चालन आम्दानी उच्चदरमा बढेको छ । बैंकको अन्य आम्दानी ३८६ प्रतिशतले बढेको छ । अघिल्ले वर्ष ३ करोड ३८ लाख मात्र अन्य संचालन आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा १६ करोड ४९ लाख यस्तो आम्दानी गरेको छ ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल