वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सिद्धार्थ इन्स्योरेन्स र उद्योग बाणिज्य संघबीच सामुहिक दुर्घटना बीमा सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र उद्योग बाणिज्य संघबीच सामुहिक दुर्घटना बीमा सम्झौता

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघ र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच सामुहिक दुर्घटना बीमाका लागि सम्झौता भएको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड नेपालगन्ज र नेपालगन्ज उद्योग बाणिज्य संघ नेपालगन्जबीच मङ्गलबार उक्त बीमा योजनामा सम्झौता भएको हो ।

सिद्धार्थ इन्स्योरेन्सका शाखा प्रबन्धक बिमल गौतम र बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीबीच सामुहिक दुर्घटना बीमाका लागि सम्झौता भएको सिद्धार्थ इन्स्योरेन्सका बजार ब्यवस्थापक मिनराज शाहीले जानकारी दिए ।

सामुहिक दुर्घटना बीमा अन्र्तगत प्रतिब्यक्ति २ लाख बीमा गरिएको छ । जसमा दुर्घटना हुदाँ औषधी उपचार खर्चबापत बीमा रकमको १० प्रतिशतका दरले हुन आउने २० हजार रकम एकपटक बीमितले पाउनेछन् । बीमितले एक वर्षमा दुर्घटनाबाट हुन आउने औषधी उपचार खर्च बढिमा एक लाख रुपैयाँ दावि गर्न पाउनेछन् ।

यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि २ लाखको सामुहिक दुर्घटना वीमा गर्ने निर्णय गरेको थियो ।अध्यक्ष मन्सुरीकोे अध्यक्षतामा गत असार ३० गते बुधवार बसेको बैठकले वीमा लगायत आफ्ना संस्थामा हुने नविकरण जस्ता कामहरुमा छुट दिने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

संघका सचिव ओलीले मोफसलमा सम्भवत पहिलो पटक वीमाको व्यवस्था गर्न लागेको बताए ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची