वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

लिजेण्ड खेलाडीको क्लासिको भिडन्त: रोनाल्डिनोको खेल उस्तै आकर्षक

लिजेण्ड खेलाडीको क्लासिको भिडन्त: रोनाल्डिनोको खेल उस्तै आकर्षक

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबाट खेलेका तर अहिले उमेर पुगेका पुराना खेलाडीहरुको क्लासिको हरेक वर्ष हुने गर्दछ । यसपालीको गएराति सम्पन्न क्लासिकोमा भने रियल मड्रिडले बाजी मारेको छ । क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडबीच हुने क्लासिको अन्तरगतको लेजेन्ड एल क्लासिकोमा रियलले जित हात पारेको हो ।

इजरायलस्थित ब्लुमफिल्ड रंगशालामा मंगलबार राति भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित हात पारेको हो । रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरे ।

खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । एन्टोनियो नुनेजले जेभियर साभिओलालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो ।

पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

बार्सिलोनाबाट रोनाल्डिन्होसँगै रिभाल्डोले पनि खेलेका थिए । रियलबाट रोबर्टो कार्लोस र लुइस फिगोलगायतले खेलेका थिए ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द