वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

अर्थतन्त्र उकास्न खोप र प्याकेज संगै चाहिएको छ -अर्थमन्त्री शर्मा

अर्थतन्त्र उकास्न खोप र प्याकेज संगै चाहिएको छ -अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको व्यापार व्यवसायीक क्षेत्रलाई खोप र राहत प्याकेज संगसंगै चाहिएको बताएका छन् । त्यसका लागि नयाँ सरकारको मन्त्रिपरिषद बैठकले नै खोप र प्याकेजका विषयमा आवश्यक निर्णय गरेको जानकारी गराउदै अर्थमन्त्री शर्माले नीजि क्षेत्रसँग हातेमालो गरेर नेपालमा आत्मनिर्भर अर्थतन्त्र बनाउन सकार तयार रहेको बताए ।

‘हामी आर्थिक रुपमा चुनौतीपूर्ण घडीमा छौं । संभावनाका पक्ष पनि छन् । राजनीतिक क्षेत्र, नीजि क्षेत्र सवै एकाकार भएर अघि जानुको विकल्प छैन । नयाँ संकल्पको आवश्यकता छ,’ नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘राष्ट्रले संकल्प गरेको छ । पहिलो क्याविनेटले निर्णय पनि गरेको छ । आर्थिक क्षेत्रलाई राहतको प्याकेज बनाउदैछौं । कोरोना विरुद्ध राहत प्याकेजसहितको भ्याक्सिन आवश्यक छ । अभियानले स्थानीय र प्रदेशमा साना उद्योगको व्यापक सञ्जाल स्थापना गरेर, औद्योगिक क्षेत्रमा जोड नदिईकन आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिदैन । व्यापार घाटा कम गर्न पनि व्यापारीकरण आवश्यक छ । छिट्टै राहत प्याकेज अघि ल्याउने छौं ।’

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची