वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सीएनआईको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्विरोध निर्वाचित

सीएनआईको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्ष बनेका हुन् ।

उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानका तर्फबाट वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, गुरुप्रसाद न्यौपाने, पम्फा धमाला, आशिष गर्ग, अशोक शेरचन, हितेश गोल्छालगायत १४ जना निर्विरोध निर्वाचित भएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ ।

परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषदमा नियुक्त भएका छन् ।

राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनेमा प्रदेश १ बाट भीम घिमिरे, प्रदेश २ बाट नरेन दास, बागमती प्रदेशबाट ऋषिराम घिमिरे, गण्डकी प्रदेशबाट विनोद न्यौपाने, लुम्बिनी प्रदेशबाट एजाज आलम, कर्णाली प्रदेशबाट पूर्णप्रसाद आचार्य र सुदुरपश्चिम प्रदेशबाट हेमविक्रम थापा निर्वाचित भएका छन् ।

परिसंघको पदेन सदस्यमा राजु पौडेल, सुरेश श्रेष्ठ, बाबुराम बोहोरा, लेखराज पोखरेल र कृष्णप्रसाद शर्मा गौतम निर्वाचित भएका छन् ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची