वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

विमलेन्द्रको सत्ता विरुद्ध अमरेश कुमारको विद्रोह, सांसदबाट राजीनामा !

विमलेन्द्रको सत्ता विरुद्ध अमरेश कुमारको विद्रोह, सांसदबाट राजीनामा !

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषत: प्रदेश २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।

पार्टीसभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामामा सांसद सिंहले भनेका छन्( ‘मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

हेर्नुहोस् नेता सिंहको राजीनामा जस्ताको तस्तै:

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द