वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

चीनबाट ८ लाख खोप आज नेपाल आईपुग्दै

चीनबाट ८ लाख खोप आज नेपाल आईपुग्दै

काठमाडौं । छिमेकी देश चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आईपुग्दैछ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो काठमाडौंमा खोप ल्याईपुर्याउन लागेको हो ।

वायुसेवा निगमको जहाज आजै अर्को खेप खोप लिन जाने र १० गते अर्को चरणमा पनि नेपालमा चिनियँ भेरोसेल खोप ल्याउने तयारी रहेको निगमले जनाएको छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीबीचको भेटमा सो सहमति भएको हो ।

केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द