वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

एनआईसी एशिया बैंक २४ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २४ औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंक २४ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत बैंकिङ्ग सेवा सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ।

 

साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनीलाई लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न गर्न सफल भएको बैंकको भनाई छ । सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न गर्न सफल भएको छ ।

 

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द