वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

राजेन्द्र राई भन्छन्, ' मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! '

राजेन्द्र राई भन्छन्, ' मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! '

काठमाडौं । नेकपा एमालेका युवा नेता एवम् प्रदेशसभा सांसद राजेन्द्रकुमार राईले मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव नहुने प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्,  संविधान, लोकतन्त्र, व्यवस्था जोगाउन गतिलो काम गरियो भन्ने निष्कर्ष निकालेको छ ! 22 सांसदलाई स्पष्टीकरण, गद्दार घोषणा, पुत्ला दहन आदि इत्यादि त छँदैछ !
यी र यस्तै अन्य विषयमा कुरा नमिली केवल मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! यसको मतलब, फेरि झगडा हुनेछ, खान पाइने छैन !

उनले पार्टीभित्र झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी अघि बढ्न उचित नहुने समेत उल्लेख गरेका छन् ।

मिल्ने किन ? किनकि, हामी नमिल्दा कांग्रेसले खान्छ, हामीले खान पाउँदैनौं ! एकताको लागि यो भन्दा साझा सर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र ? झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा !
तर घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ बुझ्न जरुरी छ, झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले काले मिलेर खाऔ भाले भनेर गरिने एकता किमार्थ दिगो हुन सम्भव छैन, नैतिक, न्यायोचित त परकै कुरा भयो, यसको मतलब फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !
नजिकैको कुरा गर्ने हो भने, ओली समुहले सर्वोच्चको अदालतको पछिल्लो फैसला गलत ठहर गरेको छ र सो फैसलाको देसब्यापी भण्डाफोर गर्ने निर्णय गरेका छन् तर माधव नेपाल समूहको निष्कर्ष अनुसार सर्वोच्च अदालतको फैसला सोह्रै आना सही छ ! त्यसैगरी, संविधान र संसद बचाउन भनेर माधव पक्षले गरेका जम्मै क्रियाहरू गद्दारी हो भनेर केपी ओली समूहको निष्कर्ष छ र त्यसै अनुसारको अभिव्यक्ति र आक्रोस त्यो समूहबाट पार्टी भित्र, बाहिर, सर्वत्र प्रकट भै रहेको छ तर माधव नेपाल समुहले संसद मात्र होइन संविधान, लोकतन्त्र, व्यवस्था जोगाउन गतिलो काम गरियो भन्ने निष्कर्ष निकालेको छ ! 22 सांसदलाई स्पष्टीकरण, गद्दार घोषणा, पुत्ला दहन आदि इत्यादि त छँदैछ !

यी र यस्तै अन्य विषयमा कुरा नमिली केवल मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! यसको मतलब, फेरि झगडा हुनेछ, खान पाइने छैन !

अरू गम्भीर सैद्धान्तिक कुरा त पछि गर्दै गरूला, खान पाउने कुराको अगाडि सैद्धान्तिक कुराको अर्थ पनि त छैन ?

तस्वीर स्रोत– वेब

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची