वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस, ओली र माधव नेपालको छुट्टाछुट्टै कार्यक्रम

पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस, ओली र माधव नेपालको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस आज मनाइँदैछ ।पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ उनले कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

राजाले ०१७ साल पुस १ गते प्रजातन्त्र हत्याएपछि पुष्पलालले लामो भूमिगत र निर्वासित जीवन बिताए ।

त्यसपछि पुष्पलालले ०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सारेका थिए ।

विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

यसैबीच पुष्पलालको स्मृतिमा काठमाडौं र रामेछापमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । एमाले ओली पक्षले दिउसो १ बजे ललितपुरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ भने माधव नेपालले बिहानै चम्पादेवी पुगेर पुष्पलालको पूर्णकदको शालिकमा माल्र्यापण गरेका छन् ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल