वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

पार्टी भित्र घाउ खटिराले पीडा दिन्छन्, तिनलाई औषधिले निको पार्नुपर्छ–माधव नेपाल

पार्टी भित्र घाउ खटिराले पीडा दिन्छन्, तिनलाई औषधिले निको पार्नुपर्छ–माधव नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

कम्युनिस्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसमा अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा उनले पार्टीलाई नयाँ ढंगबाट अगाडि बढनुपर्ने र नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढनुपर्ने बताएका हुन् । उनले पार्टी भित्रका घाउ खटिरालाई औषधिले निको बनाउन पर्ने बताए । उनले भने, पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन्। र, तिनलाई औषधिले निको बनाउनुपर्छ

कम्युनिस्ट आन्दोलनलाई व्यवस्थित बनाएर लैजानु पर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको बताउदै नेता नेपालले एमालेलाई जनताको पार्टी बनाउनु पर्ने जिकिर गरे । उनले आफूले बनाएको घर त्यसै कसैले छाड्न नचाहने तर अपमान सहेर बस्न पनि नसकिने धारणा राखे ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द