वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

बीपी र पुष्पलाललाई सम्झदा

बीपी र पुष्पलाललाई सम्झदा

बीसौँ सताब्दीकाे नेपाली राजनीतिमा सर्वाधिक महत्वराख्ने दिवंगत नेताहरुमा बीपी कोईराला, पुष्पलाल र राजा महेन्द्र हुन् । अझ सत्ता राजनीतिको असली द्धन्द बीपी र राजा महेन्द्र बीचमा भयो । दुवैको द्धन्दमा समकालीन नेपाली राजनीति मात्रै होईन, क्षेत्रिय शक्ति सन्तुलन साथै शीतयुद्धको झझल्को र रडाको पनि देखिन्थ्यो । तीनैजनाका समान गुण भनेका आआफ्ना सिद्धान्त, संस्कृति, मान्यता र आर्दश अनुरुपको राजनीतिक अभ्यास गर्नु हो । अहिले सबभन्दा खट्किएकाे विषय भनेकै सिद्धान्तको राजनीतिले निर्देशन गरेको आचरण र सक्रियताभन्दा पनि नेपाली राजनीतिमा हावी भएको सुविधा अनुसारको सिद्धान्तको व्याख्या र गरिने आचरण हुँन् । काँग्रेस र कयौं कम्युनिस्टहरुमा एकातर्फ मौलिक सिद्धान्तमा टिक्न नसक्नु अर्कातर्फ लोकप्रियताका कारण पार्टीको नाम र झण्ढा छोड्न पनि नसक्नाले अझ बीपी र पुष्पलाल अहिले सान्दर्भिक भएका हुन्

समाज परिवर्तनको गम्भीर मोडमा इतिहासका नायकलाई याद गरिनु भनेको उनीहरुको आर्दशिय भूमिका वर्तमानमा खट्किएको संकेत हो । नायक ‘देवता’ हैनन् उनीहरुका पनि सीमा र समस्या हुँन्छन् । नायक र इतिहासलाई कहिल्यै पनि एकांकी र आग्रहले पढनु र बुझन हुँदैन । इतहिास अणु पनि हो र परमाणु पनि । जहिले पनि नायक र इतिहासले शक्ति र सोच दिन्छन् ।

सत्ता केन्द्रित राजनीतिको अभ्यास गरेकाहुँदा बीपी र महेन्द्रको सत्ताशिखरमा चर्चा हुँन् स्वभाविकै हो तर पुष्पलालले सत्ता अभ्यास मात्रै हैन् सांसद पनि नभएकाले उनलाई पार्टीको सिद्धान्त, संस्कृति, आचरण, प्रतिवद्धता र संगठन अभ्यासको कसौटीमा मात्र नियाल्न सकिन्छ । वर्गिय समाजमा सोच जस्तै इतिहासको पनि व्यबस्थापन हुँने गर्छ । राजा महेन्द्र आधुनिककालको सामन्ती सकृय राजतत्रात्मक सिद्धान्त अभ्यास गर्दथे, बीपीको सामाजिक प्रजातन्त्र अभ्यास थियो, पुष्पलालको कम्युनिस्ट । तीनै राजनीतिज्ञहरु भने आप्mना सिद्धान्त, आर्दश र मान्यतालाई कलापूर्ण नेपाली सन्दर्भमा अभ्यास गरे र अन्तसम्म टिकिरहे । प्रजातन्त्र र राष्ट्रियताको नाममा एक अर्काको अन्तरविरोधमा खुव खेल्थे, प्रयोग गर्थे । आजजस्तो अर्थ राजनीति हावी नभई सिद्धान्तको आर्दशले पार्टीहरु चल्ने, आन्दोलन बन्ने र अन्तराष्ट्रिय द्धन्द पनि राजनीतिक सिद्धान्तकै कारणले विश्व दुई धुर्वमा बाडिएको अवस्थामा त्यसको प्रयोग भूसंवेदनशील क्षेत्र नेपालमा हुनु अन्यथा हुँदैनथ्यो । ती सामाजिक, राजनीतिक सांस्कृतिक द्धन्द बनेर देखापर्थे । द्धन्द कतिपय सन्दर्भमा विपरितसिद्धान्त बीचमा कार्यनीतिक एकतामा पनि देखिन्थ्यो भने मूलत संर्घषमा । बीपी र राजाको, काग्रेस र पीयलको सम्बन्ध र सहकार्यलाई कुटनीतिक राजनीतिक अभ्यासको अर्थमा लिईनुपर्छ । आज साउन ७ पुष्पलाल जयन्ती हिजो बीपीको । उहाँहरुवारे नै केन्द्रित हौँ ।

बीपीबारे चर्चागर्दा समयको नाडी छामेर सिद्धान्तको कार्यनीतिमा फेर वदल गरि रहन सक्ने र शक्तिको केन्द्रमा आपूmलाई नै राख्ने नेताको रुपमा हेर्नुपर्छ । त्यसै आधारमा नियाल्ने विषय भनेको –कुनै पनि कार्यनीति असफलता हुँने लक्षण देख्ने वित्तिकै अर्को तरिका अपनाउनु र सत्रुपक्षसंग पनि कलामय तरिकाले सर्घषरत हुँनु, दुई सत्रुबीच छान्नुपर्दा राष्ट्रियतालाई प्रधानता दिनु, आन्दोलनको राष्ट्रिय, अन्तराष्ट्रिय संबन्धको भरपुर उपयोग गर्नुमा देखिन्छ । राजा र भारत प्रतिको उनको दृष्टिकोणलाई सुक्ष्म नियाल्ने हो भने यि तथ्य फेला पर्छन् । ७ सालको सशस्त्र सर्घष, मात्रिका, महेन्द्र र उनी बीचको द्धन्द, पहिलो निवार्चित सरकार, १७ सालको महेन्द्रको कू, जेल जीवन र सर्घर्ष, १८ साल र ओखलढूगा सशस्त्र सर्घष, राष्ट्रिय मेलमिलाप, स्वदेश आगमन, अदालती बयान, जनमत सर्घष जस्ता विषयमा उनको रणनीति मातहत कार्यनीतिलाई जोडेर हेर्न सकिन्छ ।

पार्टीको प्रतक्ष वा परोक्ष वैचारिक र संगठात्मक सदावाहार केन्द्रमै रहे । नेपाली काग्रेसको एकतापूर्व नै प्रजातान्त्रिक काग्रेसले पूर्ण सिह खवासको नेतृत्वमा मुक्ति सेनाको गठन गरिसकेको थियो । बाबुकृष्ण सर्माको पहलमा आजाद हिन्द सेनाका (सुभाषचन्द्र वोसद्धारा संगठित) योद्धाहरु त्यसमा सामेल थिए । बीपीले त्यही मुक्ति सेनाको पूर्वीकमाण्ड सशस्त्र संर्घष राजनीतिक कमिसारियट गरे भने पश्चिम क्षेत्रको कमिसारियट मेहेन्द्रविक्रम शाहले । त्यसपछाडि प्रजातान्त्रिक काग्रेसको अगुवामा सुवर्ण समशेर र सूर्य प्रसाद उपाध्याय भूमिकामै देखिएता पनि समग्रमा भने ओझल पर्दै गयो । सरकार बाहिर, भित्र, प्रवास, जेल, पदहीन वा स्वतन्त्र भूमिकामा पनि पार्टी अन्तरसंर्घषमा होस् या समग्र देशको राजनीतिमा आपूmलाई बीपीले केन्द्रमा राख्न सके । उनको टकराहट एकातर्फ मेहेन्द्रवादी सामन्ती सत्तासंग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्ट विरुद्धको उग्रचिन्तन । त्यसले नेपाली प्रजातान्त्रिक आन्दोलनमा समेत असर पा¥यो । सोभियत रुस समर्थित भारतीय हेपाहा शक्तिको विपक्षमा रहँदा अर्को महाशक्ति अमेरिकाको अघोषित सहयोगी बन्न पु¥यायो । त्यसैले यहुदी जातिवादी राष्ट्र इजरायललाई पहिलो समर्थन दिन पुगे भने इण्डोनेसियाको सैनिक कू र सैन्य तानाशाह सुहार्तोलाई समर्थन दिन डि.यन. अ‍ैडिट (दिपा नुसान्तारा अ‍ैडिट जुलाई ३०, १९२३– नोभेम्वर २२, १९६५मा सुहार्तोको सैन्य कुमा हत्या गरियो) अर्थात कम्युनिस्टको हाउगुजी खडागर्दा सोसल डमोक्रेट छविमा भने केही असर पुग्न गयो । त्यसैलाई लोहियावादी समाजवादी चिन्तक एवं काग्रेसी वैचारिक नेता, महापण्डित प्रदीप गिरी भन्छन्– यहाँ विदेशी तत्व छन्, कम्युनिस्टहरु विदेशी तत्वको आडमा खेलिरहेका छन्….। मेरो विचारमा त्यो (बीपीको) स्वस्थ विश्लेषण थिएन । त्यसले अहिलेसम्म अस्वस्थता दिएको छ । काग्रेस–कम्युनिस्ट झगडा त्यसले अझ चर्कायो ।

पछि गणेशमानले अली मथ्थर पार्नुभयो । त्यसको कटु अहिले पनि बाँकी छ । बीपीले अतिसयोक्ति नै गर्नु भएको छ । इण्डोनेसियामा अ‍ैडिटले गरेजस्तै कम्युनिस्टहरु यहाँ प्रवेश गरे भन्नुभएको छ । त्यो मेरोविचारमा बहुत दुर्भाग्यपूर्ण हो । अ‍ैडिट इण्डोनेसियाका बडो सर्मपित कम्युनिस्ट नेता थिए । उनको जीवनी आफैँमा प्रेरक छ । उहाँलाई (बीपी) कसले भन्यो या हेर्नु भयो मलाई थाहा छैन् । यसलाई हामी राजनैतिक वक्तव्य भन्न सक्छौ तर राजनीतिक मात्र होईन् एक प्रकारको गैरजिम्वेवार वक्तव्य पनि भन्न सक्छौँ ।….यसले मुलुकलाई हानी पु¥याएको छ ।’ अ‍ैडिट एवं इजरायल प्रतिको धारणा शीतयुद्धको बीपीको अमेरिकी पक्षधारिता हो भने राष्ट्रिय मेलमिलाप विकसित क्षेत्रिय राजनीतिमा सोभियत समर्थित भारतिय सत्ताको छिमेकी प्रति उग्रचिन्तनको परिणाम । बीपीवारे अहिले जुन अतिसयोक्ति चर्चा गरिँदैछन् त्यसलाई बीपीसंग अत्यन्तै वौद्धिकसामिप्य रहेका गिरी अगाडि थप्छन् –यदि बीपी अहिले भएको भए त्यसो महिमा नगर्न भन्थे…….हरेकपार्टी र आन्दोलनमा पुजारी वर्ग छ जस्ले सम्यक् आलोचना गर्दैन्’ ।

 

अव पुष्पलालकाे चर्चा गरौँ । प्रजातान्त्रिक काग्रेसबाट राजनीति सुरु गरेका सहिद गंगालालका भाई पुष्पलाल नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहाँस र समाजको आफन्तद्धारा निरन्तर प्रताडित भौतिकवादीधाराका पहिलो विस्लेषक हुँन । नेपाली समाजको वर्ग विश्लेणण, अन्तरविरोध र सत्रु एवं मित्रको किटान गर्दै सर्घर्षको दिशा निर्धारक अग्रणी नेता ।

समय गुज्रिदैजाँदा पार्टीमा स्वत्वका टकराहट बढे, सत्तासंर्घषमा उनलाई हुत्याईदै गयो, तर आन्दोलनबाट हुत्याउन नक्कली आर्दशवादीले भने सकेनन् । कम्युनिस्ट पार्टीभित्रको सामन्ती सस्कृतिको प्रताडना, स्वत्वका टकराहट, अंहकारको छुत रोगले अक्रान्त आन्दोलन अहिलेसम्म त्यसै निरन्तरताको पीडामा छ नै । राजतन्त्रसंगको सर्घष प्रधान मान्ने पुस्पलाल राजतन्त्रप्रति नरमधारणा राख्ने साड्दाजु मनमहोन अधिकारीसंग उनको जीवनपर्यन्त मेल खाएन ।

पीयलको प्रजातान्त्रिक आन्दोलन काग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै समाज रुपान्तरण हुँन सक्छ भन्ने धारणा रहिरह्यो । १७ सालको महेन्द्रशाही ‘कु’ पछाडि त यसमा उनी अझ दृड रहे । उनी प्रताडित आफन्तबाटै हुँदै गए । मोहनविक्रमबाट ‘गद्धार पुस्पलाल’ भनिए, त्यस्तैआरोप र अस्वस्थतामै सहयात्री जीवराज आस्रित, मोदनाथ प्रसित, मदन भण्डारी, बामदेव गौतमले मुक्तिमोर्चा समूह बनाएर अलगिए ।

जातिवादी आन्दोलनमा इन्दीरा गान्धीसंग भेटेका खगेन्द्रजंग गुरुगले पुस्पलालले राजा महेन्द्रलाई भेटे भन्ने छ तर त्यो उनी नभएर हिक्मत सिह भण्डारी हुँन् जो राजाका एडिसी शेरवहादुर मल्लले आफैँले रक्सौलबाट ल्याएर वार्ता गरेर रक्सौल नै फर्काएको कुरा पीयलका सवभन्दा नजिदिकी गोविन्द ज्ञावाली बताँउछन । बीपीको राष्ट्रिय मेलमिलाप नीतिलिएर फर्किएपछि पीयललाई पनि राजाको राष्ट्रवादी अभियान सहयोग पु¥याउन सन्देश लिएर बनारस पुगेका टंक प्रसाद आर्चायको प्रस्ताव उनले स्वीकार्न सकेनन् अर्थात १७ सालको घटनापछाडि राजा महेन्द्र वा विरेन्द्रसंग उनको प्रतक्ष भेट् कहिल्यै पनि भएन ।

०३५ सावन ६ गते वितेका पीयलले प्रजातान्त्रिक आन्दोलनमा काग्रेस–कम्युनिष्ट सहकार्य गर्नुपर्छ भन्ने आप्mनोे विचारको सफलता जीवनकालमै देख्न भने पाएनन् । त्यो ०४५÷०४६को जनआन्दोलनमा मुर्तिकरण भयो भने अझ सामन्ती राजतन्त्रलाई ०६२÷०६३मा विद्रोही सशस्त्र सर्घषको माओवादी र संसदिय अभ्यासरत सात पार्टीको सयुक्त आन्दोलनले निप्टयाएर देशमा गणतन्त्र स्थापना ग¥यो ।

बीपीको राजनीतिक यात्रा सर्घष, सम्झौता, मौनसर्घषले पैदा गर्ने राप र ताप हुँदै निरन्तरतामा बढ्यो भने पीयलको निरन्तर सर्घर्षमा । दुवैको राजनीति आप्mना सिद्धान्त निर्देसित आचरण, आर्दशलाई जनताले स्पष्ट अनुभूति गर्न पाएको र त्यसलाई निरन्तरता दिएकाले सार्वजनिक अपिल गर्ने नैतिक हक थियो । त्यसैले हिजो गाली गरेर नथाक्नेले समेत उनीहरुलाई पछ्याउनु प¥यो ।

आज नेपाली राजनीतिमा सिद्धान्तहीन, आर्दशहीन सक्रियताले नेताहरुमा सार्वजनीनक अपिल गर्नसक्ने नैतिकपुजी हराउदैजाँदा बीपी र पीयल नेपाली राजनीति र नेपालीजनले सम्झनु अनिवार्य र सान्दर्भिक भएका हुँन् ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची