वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

मोरङमा ओली समूहको बैठकमा कुटाकुट, सयौं कुर्सी भाँचिए

मोरङमा ओली समूहको बैठकमा कुटाकुट, सयौं कुर्सी भाँचिए

विराटनगर । नेकपा एमाले भित्रको विवाद तल्ला कमिटीहरुसम्म विस्तार हुनथालेको छ । विवादका कारण फुटको संघारमा पुगेको नेकपा एमालेमा विवादकै कारण आन्तरिक झडप, कुटाकुट, तोडफोडको अस्वस्थ अवस्था उत्पन्न भएको छ । बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा एमाले कार्यकर्ताबीच आक्रमण र तोडफोडको अप्रिय घटना भएको छ ।

बिहीबार ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेष पोखरेल बैठकमा जाने कार्यक्रम थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै कार्यकर्ताहरुबीच आपसमा झडप हुँदा बैठक विथोलिएको छ ।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताए । ‘किन र कसले तोडफोड ग¥यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए ।

आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बद्नाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताए ।

स्रोतका अनुसार ओली समूहको कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको हो । सो बैठकमा संविधानसभा सदस्य तथा एमाले ओली समूहका मोरङ अध्यक्ष ऋषिकेस पोखरेललगायतको सहभागीता हुने भनिएको थियो ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित

Country records 3, 125 new COVID-19 cases

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुन : बन्द