वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

विडारीको व्यङ्ग्य: 'बाँदरे जुलुस गर्दै कोरोनाको रोपाईँ'

विडारीको व्यङ्ग्य: 'बाँदरे जुलुस गर्दै कोरोनाको रोपाईँ'

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले विपक्षी नेकपा एमालेका युवाहरुले निकालेको बाँदरको मुखुण्डोसहितको जुलुसप्रति कटाक्ष गरेका छन् । युवाहरुको यस्तो जुलुसबाट कोरोना रोप्ने काम भएको उनको आरोप छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।

सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेकोप्रति लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् ।

‘कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एल्पी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह