वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

पिपुल्स भोलेन्टिएर घोषणा गर्दै माधव नेपालले भने-अत्तिनु पर्दैन साथीहरु अघि बढ्नुस’

पिपुल्स भोलेन्टिएर घोषणा गर्दै माधव नेपालले भने-अत्तिनु पर्दैन साथीहरु अघि बढ्नुस’

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका युवाहरुलाई अघि बढ्न आव्हान गरेका छन् । पुष्पलाल स्मृती दिवसको सन्दर्भमा आयोजित पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले नेपालले नेपाल कम्युनिष्ट पार्टी एकता गर्दा जुन सोच राखेर अघि बढेको हो त्यो हुन अझै नसकेको बताए ।

पार्टीको नेतृत्व गलत भएका कारण समस्या आएको बताउदै नेता नेपालले भने, ‘अहंकारको घोडा चढेको बादशाहलाई जव घोडाबाट उत्रनुपर्ने अवस्था आउछ बल्ल वास्तविकताको ज्ञान हुन्छ । सत्य र न्यायको पक्षमा हुनुहुन्छ भने अत्तिनु पर्ने केही हैन । अन्त्यमा सत्यको जित हुन्छ । सत्यले नै तिमिलाई न्यायको बाटोमा पुर्याउँछ भन्ने विश्वास छ । अप्ठ्यारो बेलामा असली साथीको पहिचान हुन्छ । त्यसैले अघि बढ्नुस ।’

नेता नेपालले भविष्य युवा नेताहरुको जिम्मामा रहेको बताउदै क्रान्तिकारी पार्टी अघि बढाउने जिम्मा पनि युवाहरुको भएको बताए ।

‘पुष्पलालले भन्नुहुन्थ्यो, कम्युनिष्ट पार्टीमा विचार प्रधान हुन्छ । त्यसैले तपाईहरु अल्मलिनु पर्दैन । हिटलरले संसारका २ करोड भन्दा धेरै मानिसहरुको हत्या गरायो । एउटा तानाशाहले सिंगो विश्वलाई युद्धमा पुर्यायो । तर संसारमा कम्युनिष्ट सकिएन । संसारमा कम्युनिष्ट पार्टीको नेपालमा कम्युनिष्टको भविष्य राम्रो छ । फेरी हामी जनताका बीचमा आत्मालोचना गरेर मैलो धुलो टक्टक्याएर अघि बढ्यो भने जनताले पत्याउने कम्युनिष्ट पार्टीलाई नै हो ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल