वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

एकतामा आउन आह्वान गर्दै ओलीले भने- 'एम्नेस्टी इज ग्रान्ट्रेड' [भिडियोसहित]

एकतामा आउन आह्वान गर्दै ओलीले भने- 'एम्नेस्टी इज ग्रान्ट्रेड'  [भिडियोसहित]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताएका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका यसअघि गरेका गल्तीलाई माफी दिने बताएका हुन् ।
पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उनले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गर्नुभयो ।

ओलीले कम्युनिष्ट आन्दोलन अझैपनि पुरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । ओलीले भने, सबैलाई एकताका लागि भन्न चाहन्छु एम्नेस्टी इज ग्रान्ट्रेड। बाटो बिराएका साथीहरुलाई पनि म भन्न चाहन्छ

ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए । उनले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले सुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरे ।

अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्मा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनले बताए । ओलीले कम्युनिष्टलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने स्पष्ट पारे ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल