वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

यस कारण साता अघि नहुने भयो मन्त्रिपरिषद विस्तार !

यस कारण साता अघि नहुने भयो मन्त्रिपरिषद विस्तार !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हाल ५ सदस्यीय मन्त्रिपरिषद कायम छ । देउवाले प्रधानमन्त्रीमा सपथ लिएकै दिन २९ असामा ४ मन्त्रीले पनि सपथ लिए । सपथ लिनेमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्मा थिए ।

त्यसपछि सत्तारुढ ५ दलीय गठवन्धनले मन्त्रिपरिषद विस्तारका लागि विभिन्न चरणमा छलफल गरेपनि निचोड निकाल्न सकेको छैन । परिणामस्वरुप मन्त्रिपरिषद विस्तार पछि धकेलिँदै गएको छ ।

कोरोनाको यो महामारिका बेला सरकार संचालनका लागि अत्यावश्यक ठानिएका स्वास्थ्य मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसमेत खाली हुंदा सरकारको आलोचना समेत सुरु भईसकेको छ । महामारिको यो बेला सवैभन्दा सक्रिय हुनुपर्ने मन्त्रालयहरु खाली हुंदा जनताले बेलैमा राहत नपाउने हुन् कि भन्ने आशंका नागरिकमा छ ।

संविधानमा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसहित २५ जना मन्त्रीहरु सहभागि भएको मन्त्रिपरिषद बनाउने पाईने । देउवालाई अव मन्त्री, राज्यमन्त्री, साहायक मन्त्री जे जे थपेपनि २० जना थप्न मिल्ने सुविधा छ । तर गठवन्धनमा रहेका दलहरुले सरकारमा जाने कि नजाने भन्ने कुराको टुंगो पनि नलगाउने र जानेहरुले मन्त्रीहरुको सूची पनि उपलव्ध नगराएका कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

प्रधानमन्त्री निकटस्थ बालुवाटार श्रोतका अनुसार गठवन्धनका घटकहरु जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल पक्षले सरकारमा जाने नजाने भन्ने विषयको टुंगो लगाउन केही समय माग गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग सहमति हुने र पार्टी एक हुने कि नयाँ पार्टी बनाएर अघि जाने भन्ने कुरा बढिमा साता दिन भित्र टुंगो लगाएर मन्त्रिपरिषदमा सहभागि हुनेबारे निर्णय दिने बचन नेता नेपालले देउवालाई दिएका छन् ।

एमालेको नेपाल पक्ष भित्र सरकारमा अहिलेकै अवस्थामा सहभागि हुनुपर्ने एउटा धार, पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएर मात्रै जानुपर्ने अर्को धार र अव ओलीसँग मिल्नुपर्छ सरकारमा जानु हुंदैन भन्ने तेश्रो धार छ । यसको बीचबाट नेता नेपालले निर्णय लिन सकिरहेका छैनन् ।

जसपाको आधिकारिकताबारेको विवाद निर्वाचन आयोगमा छ । साउन ११ गतेका लागि निर्वाचन आयोगले कार्यकारिणी परिषदमा रहेका सदस्यहरुलाई आफ्नो परिचय खुल्नेगरि निर्वाचन आयोगमा हाजिर हुन निर्देशन दिएको छ । हालसम्म बहुमतमा देखिएको उपेन्द्र बाबुराम पक्षले आधिकारिकता पाउने संभावना बलियो देखिएपनि आयोगको अन्तिम निर्णय कुर्नुपर्ने अवस्थाका कारण उपेन्द्र यादवपक्ष सरकारमा जान तयार भएरपनि निर्णय लिन सकिरहेको छैन । उसले पनि आयोगको अन्तिम निर्णयपछि सरकारमा सहभागिताबारेको टुंगो लाग्ने भएकाले एक साताको समय माग गरेको छ ।

माओवादी केन्द्रका दुई मन्त्री सहभागि भईसकेपनि अन्यको हकमा निर्णय भएको छैन । एमाले र जसपाले समय माग गरेको र गठवन्धनभित्र मन्त्रालयहरुको भागवण्डा समेत टुंगो नलागेकाले माओवादीले थप मन्त्रीहरुको टुंगो नलगाएको खुमल्टार श्रोतले बतायो । आकाँक्षीहरुको सूची निक्कै लामो भएकाले पनि अध्यक्ष प्रचण्डलाई मन्त्रीहरुको नाम टुंगो लगाउन कठिन परिरहेको छ ।

कार्यदलले छलफल गर्ने
गठवन्धन सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालयहरुको बाँडफाँड लगायतका विषयमा सरकारलाई नीतिगत सहयोग गर्न गठवन्धन कार्यदलले सहयोग गर्ने भएको छ । काँग्रेस नेता पूर्णबहादुर खड्काको नेतृत्वमा गठित ७ सदस्यीय कार्यदलमा काँग्रेसका रमेश लेखक र डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका बर्षमान पुन र देव गुरुङ र जसपा उपेन्द्र पक्षका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । एमाले नेपाल पक्षको पनि २ जना रहनेछन् ।

कार्यदलको आज अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको छ । आजको बैठकमा मन्त्रालयको विभाजनबारे छलफल हुने नेता पुनले जानकारी दिए ।

दशैंको लागि  टिकट बुकिङ आजदेखि खुला

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership