वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र को सल्यक्रिया सफल

राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र को सल्यक्रिया सफल

काठमाडौं । भलिवलका राष्ट्रिय खेलाडी तथा नेपाल एपीएफ क्लबका सेटर लोकेन्द्र गिरीको घुँडाको सल्यक्रिया सफल भएको छ । लामो समयदेखि उनको घुँडामा चोट थियो । चोट हुदापनि उनले भलिबल खेल्न भने छोडेका थिएनन् ।

नेपाली राष्ट्रिय टोलिबाट बङ्लादेश र डेनमार्कसंग खेलिसकेका गिरी एपीएफका मात्र नभइ नेपालकै उत्कृष्ट सेटर मध्य एक हुन ।

बिगत केही बर्षदेखि चोट्संग लडिरहेका उनको सामान्य उपचारले पुर्ण रुपमा ठिक नभएपछी एमआराई रिपोर्ट अनुसार चिकित्सकले सल्यक्रिया गर्न भनेका थिए ।

गिरीको एपीएफ अस्पताल बलम्बुमा सल्यक्रिया गरिएको छ । उनी खेल मैदान बाहिर कति रहने भन्ने कुरा भने खुलेको छैन ।

आफू उच्चमनोबलका साथ फेरिपनि छिट्टै कोर्टमा फर्किने उनी बताउँछन् ।
नेपाली भलिबलमा बेग्लै पहिचान बनाएका लोकेन्द्र निकै चलाकिपुर्ण र लोभ लाग्दो सैलीबाट सेटरको भुमिका निभाउनमा अब्बल मानिन्छन् ।

लोकेन्द्र एपीएफका प्रमुख र भर पर्दा खेलाडी मध्ये एक हुन् ।

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न