वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

मन्त्रिपरिषद विस्तार ! यी हुन् माओवादीका संभावित अनुहार

मन्त्रिपरिषद विस्तार ! यी हुन् माओवादीका संभावित अनुहार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । गठवन्धनमा रहेका दलहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको आन्तरिक विवादका कारण ढिला हुन गएको विस्तार कार्यक्रम ती दलमा देखिएको पछिल्लो घटनासँगै अघि बढ्न लागेको हो ।

जनता समाजवादी दलको उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिक घोषणा गरेपछि सो पार्टी सरकारमा जाने नजाने भन्ने विवादको अन्त्य भएको छ । गठवन्धन दलहरुको संयुक्त कार्यदलमा भएको समझदारी अनुसार ४ मन्त्रालय लिएर जसपा सरकारमा सहभागि हुनेछ ।

नेकपा एमालेको नेपाल पक्षले पनि एमाले एकताको संभावना अव जिवित नरहेकाले सरकारमा हिस्सेदारी लिएर जाने तयारी गरेको छ । कार्यदलमा रहेका एक सदस्यका अनुसार मन्त्रालय भागवण्डाबारे आज गठवन्धनका शीर्ष नेताहरुले परामर्श गरेपछि सकेसम्म आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

माधवकुमार नेपाल पक्षपनि ५ मन्त्रालयसहित प्रदेश प्रमुख, योजना आयोगमा सदस्य, संवैधानिक नियुक्ती तथा राजदूतहरुमा समेत हिस्सेदारी लिएर सरकारमा सहभागि हुने तयारीमा छ ।

माओवादी केन्द्रले भने ७ मन्त्रालय दावी गरिरहेको छ । काँग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय विन्यास गरेर एक राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद पुरा गर्ने कार्यदलमा छलफल भएको छ

माओवादी तथा काँग्रेका तर्फबाछ २ -२ जना मन्त्री भईसकेका छन् ।

अव थपिने संभावित ५ मन्त्रीमा माओवादीले अहिले सम्म नपरेका प्रदेशबाट प्रतिनिधित्व गराउने तयारी गरेको छ । जाति, क्षेत्र, प्रदेश, लिङ्ग तथा समुदायको प्रतिनिधित्व मिलाउने प्रयासमा माओवादी छ । यस पटक अहिले सम्म मन्त्री नभएका, प्रत्येक्ष जितेका र युवा नेतालाई प्राथामिकता दिनुपर्छ दवाव नेताकार्यकर्ताले शीर्ष नेतृत्वलाई दिएका छन् ।

माओवादीको संभावित अनुहार
प्रदेश १ बाट अहिलेको सरकारमा प्रतिनिधित्व हुन सकेको छैन । त्यसैले अव पठाउने सूचीमा माओवादीका तर्फबाट प्रदेश १ का संघीय संसदका सांसदहरुमध्य १ जना मन्त्री बन्ने पक्का छ । चर्चामा आएका र यसअघि मन्त्री नभएका सुरेशकुमार राई, अमनलाल मोदी, सुदन किराती मध्य एक जना प्रदेश १ बाट मन्त्री बन्ने लगभग पक्का छ ।

साे प्रदेशबाट शीवकुमार मण्डलको पनि चर्चा छ । उनी यश अघि मन्त्री भईसकेका दावेदासांसद मोदीले आफू संविधानसभादेखि लगातार संसदमा आएको र थारु समुदायबाट मन्त्री हुन बाँकी रहेकाले यसपाली आफ्नो संभावना बलियो रहेको दलिल पेश गरेका छन् ।र हुन्।

प्रदेश २ बाट पनि अहिलेको संघीय सरकारको मन्त्रिपरिषदमा प्रतिनिधित्व भएको छैन । मधेशी समुदाय पनि समेट्नुपर्ने भएकाले प्रदेश १ बाट मन्त्री बन्नेमा नेता मातृका यादवको पनि चर्चा चलेको छ ।

प्रदेश ३ बाट नेतृ पम्फा भुषाल ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बनिसकेकी छन् । त्यस बाहेक पनि सिन्धुलीका हरिबोल गजुरेल, हितबहादुर तामाङको चर्चा माओवादी बृत्तमा भईरहेको छ । प्रदेश एकबाट मन्त्री थपिएमा उनीहरु मध्य एक मन्त्री बन्ने खुमल्टार श्रोत बताउँछ ।

गण्डकी प्रदेशबाट मात्र नभईसकन मन्त्री बन्नेहरुको माओवादी तर्फको अग्र सूचीमा नेता देवेन्द्र पौडेल छन् । माओवादीको स्थायी कमिटी सदस्यमध्य पौडेल मात्रै त्यस्ता नेता हुन् जो मन्त्री बनेका छैनन् । यसअघि पनि अध्यक्ष प्रचण्डले पौडेललाई मन्त्री बनाउने सूचीमा राखेर पनि हटाएका थिए । त्यसैले पनि यसपाली उनको संभावना अधिक रहेको श्रोतको दावी छ ।

गण्डकीबाट राष्ट्रिय सभाका नेताहरु नारायणकाजी श्रेष्ठ, दलका नेता दिनानाथ शर्मा, गोरखाका हरि अधिकारीले पनि रुची देखाएका छन् । शर्मा यसअघि पनि मन्त्री बनिसकेका छन् भने अधिकारीले मन्त्री हुने अवसर पाएका छैनन् ।

लुम्बिनी प्रदेशबाट मन्त्री बन्नेमा महेश्वर गहतराज सवैभन्दा अघि छन् । उनीसँगै नेताहरु जयपुरी घर्ती, रेखा शर्मा, सन्तुकुमार चौधरीलगायतको पनि माओवादी केन्द्रभित्र चर्चा र छलफल भईरहेको छ । घर्ती र शर्मा विगतमा मन्त्री भईसकेका नेताहरु हुन् ।

कर्णाली प्रदेशले संघीय सरकारमा अर्थमन्त्री पाईसकेको छ । रुकुम पश्चिमका नेता जनार्दन शर्मा मन्त्री बनिसकेकाले सो प्रदेशबाट मन्त्री थपिने संभावना न्यून छ ।

सुदुरपश्चि प्रदेशले माओवादी केन्द्रका तर्फबाट मन्त्री पाउने भएमा हरिप्रसाद चौधरी र तारामान स्वार मध्य एक हुने संभावना छ । यसबारे माओवादी केन्द्रले छलफल गरेपनि टुंगो भने लगाएको छैन ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न