वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

गठबन्धनको बैठकमा देउवाले मागे माफि

गठबन्धनको बैठकमा देउवाले मागे माफि

काठमाडौं । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले माफि मागेका छन् । गठबन्धनसंग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा देउवाले बैठकमा माफि मागेको स्रोतले बताए ।

अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका बालुवाटार स्रोतले बताए । सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।

गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ? भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए ।

राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीले राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए ।

जबकि सत्तारुढ दलहरूको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै काँग्रेसमा पनि विरोध भएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयताको पनि विरोध भएको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका थिए ।

 

‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न