वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको लेटर प्याड, छाप र अध्यक्ष प्रचण्डको नक्कली हस्ताक्षर प्रयोग गरेर केही अपराधिक, अराजक एवम् प्रतिगामी तत्वहरुले बदनाम गर्न खोजेको बताएको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ती जारी गदै भनेको छ ‘लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सुचना प्रवाह गरिरहेको बताइएको छ ।’

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका बताएको छ ।
प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरुमाथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्ने बताएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ । यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्दछौं ।’

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय