वि.सं २०७८ असोज ११ सोमबार फोरेक्स युनिकोडमौसम

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पा । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं.४ स्थित दोभान भन्ने स्थानमा लु१ज. ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जीप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । मृतकहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको छ ।

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’ काम हुने कहिले ?

कांग्रेस महाधिवेशन : झापाका १५ पालिकामा नेतृत्व चयन

NC 14th general convention: Myagdi and Mustang get new leadership

बुद्धभूमिको आइपीओ निष्काशन, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्र सम्पन्न

कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन