वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

यस विधि प्रयोग गरेर घरमै सजिलै बनाउनुहोस् मिठो खीर !

यस विधि प्रयोग गरेर घरमै सजिलै बनाउनुहोस् मिठो खीर !

काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइन्छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

त्यस्तै तल दिइएका विधिको प्रयोगर गरेर खीर खाने सदस्य अनुरुप सजिलै तरिकाले मिठो खीर बनाउन सकिन्छ –

आवश्यक सामग्री (५ जनाको लागि) ;

चामल (ताइचिन) — ३ कप (चिया कपको, केलाएर पखालेको)
नरिवल — १५ ग्राम (सानो टुक्रा बनाएको)
किसमिस — १५ ग्राम
गाईको दूध — आधा लिटर
बट्टाको दूध — १ क्यान
मख्खन — २५ ग्राम
सुकुमेल — १० दाना (पेष्ट बनाएको)
जाईफलको धूलो — आधा चम्चा (सानो चम्चाको)
चिनी — २०० ग्राम
वटर — १०० ग्राम

बनाउने विधि :

कुकरमा दूध तताउने । चामल राखेर बिर्को बन्द गरी दुई पटक प्रशेर पूरा भएपछि झिक्ने ।

सेलाएपछि बिर्को खोलेर बट्टाको दूध, चिनी, मख्खन, वटर, जाइफल र अन्य मसला राखेर राम्ररी चलाई विर्काे नलगाई २० मिनेट पकाएपछि खीर तैयार हुन्छ ।

यदि ओभन छ भने १० मिनेटपछि झिकेर एउटा डिसमा राखी ओभनमा १० मिनेट जति राख्यो भने खीर अतिनै मीठो हुन्छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल