वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

संस्मरण अनुभूति : ‘मायालु मञ्जु’

संस्मरण अनुभूति : ‘मायालु मञ्जु’

श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयबाट अंग्रजी विषय लिई प्रविणता प्रमाणपत्र तह राम्रै अङ्कमा उत्तिर्ण गरिसकेपछि उच्च शिक्षाको लागि काफलनेटीबाट काठमाडौं छिरियो । काठमाडौं छिर्नुको उद्येश्य पढाइ र काम सगँसगैँ लैजानु थियो ।

सोहिअनुसार सहरीया बसाईँ सुरु भयो । जागिर र पढाईको यात्रा अंग्रजी विषयमै स्नातकोत्तर नसकुन्जेल चलिरह्यो । त्यसपछी अध्ययनले जागिरलाई उछिन्न सकेन । सरकारी क्याम्पसको अध्ययन सगँसगँै काठमाण्डौँका सामान्य आवासीय विद्यालयदेखि अन्र्तराष्ट्रिय स्तरका विद्यालयसम्ममा शिक्षकदेखि प्रशासनिक पदमा रहि काम गरियो । पढाई र जागिर सगँसगैँ चलिरहेको हुनाले लामो समयसम्म धित मरुन्जेल घरमा बस्ने मौका कहिल्यै मिलेन । त्यस्तै सात दश दिनको विदा मिलायो, हतार हतार आयो, बस्ने मन हुँदा हुँदै साइत जुरोस नजुरोस पढाइ र जागीर भेटाउन कुँदिहाल्यो । घरकाले पनि अल्लि दिन बसे हुन्थ्यो भन्ने सोच्ने र आप्mनो पनि अल्लि दिन बस्न पाए त हुन्थ्यो भन्ने भैरह्यो । हरेक पटक घर छोड्दा मनमा आइरहन्थ्यो घरमा आनन्दले बसेर फर्किने दिन कहिल्यै आउला की ?

विहान आठ बजे देखि बेलुका पाँच बजे सम्मको जागिरले वाक्क दिक्क भएको थिएँ । समय बिहान आठ बजेदेखि पाँच बजेसम्म भनेपनि अतिरिक्त समय जैले लाग्थ्यो । जागिरको कामले अरु केहि पनि सोच्न नपाइने । “हामि जैले शिक्षक भैरहने? हुन त शिक्षक पेसा नराम्रो हैन तर यही पेशालाई निरन्तरता दिने हो भने जाद्रै भइएला प्रिन्सिपल । के हाम्रो करियर त्यहाँ सम्म मात्रै हो त ? कित स्कुल नै खोलेर चलाउन प¥यो नत्र यो जागिरले हामीले अरुलाई मात्र धनि बनाइरहेका छांै हामि चाहिँ जहाँको तेहिँ भन्ने प्रश्न जैले मेरो घनिष्ट मित्र पुकार धिताल र मेरो चिया गफमा भइरह्यो । एउटा शैक्षिक सस्ंथा (इन्स्टिच्युट) खोलेको एक बर्ष भैसकेको थियो । संस्था राम्रो चल्दै गैरहेको थियो । अब यसैलाइ स्तरोन्नती गराएर व्यापक बनाउन प¥यो भन्ने सोचेँ । जसले मलाई जागिर छोड्न बल पु¥यायो । छोडेँ ।

चीनको वुहानबाट सुरु भएको कोभिड १९ विस्वभर पैmलियो । जसको प्रभाव नेपालमा पनि प¥यो । फलस्वरुप लकडाउन सुरु भयो । शैक्षिक क्षेत्रमा प्रभाव नपर्ने कुरै भएन । पूर्वनिर्धारित सबै कामलाई थाती राखेर लकडाउन सुरु नहुँदै २०७७ सालको चैत्र ९ गते घर आइपुगियो । जागिर नभकोले घर आउन सजिलो भयो नत्र घरमा आउन पाइने थिएन । न त जागिरको टेन्सन न त पढाइको टेन्सन । घर छोडेको एक दशकपछि स्वतन्त्र रुपमा घर बस्ने अवसर मिल्यो । इन्डिया र नेपालमा भएका अति व्यस्त काम भएका बाहेक धेरैजसो दाजुभाई अनि साथीभाई सबै गाउँभा भित्रिए । एकातिर गाउँमा दशैँ आएजस्तो थियो भने अर्कोतिर गाउँमा आउनेले कोभिड भित्र्याए कि भन्ने डर । गाउँमा बाहिरबाट आएका हामी सबैलाई अब त बाचिन्छ भन्ने ढुक्क थियो ।

गाउँको काखमा भएपछी यस्तो आभास गराउँछ त्यसैले गाउँ सर्वप्रिय छ । चैतको पन्ध्र काटिसकेको थियो । लालिगुराँस फुलेर निख्रिनै लागेको थियो । ऐँसेलु र काफल पाक्ने समय सुरु हुँदै थियो । त्यसमाथि बसन्त ऋतुको पुर्नजन्म । जौँ गौँ पाक्न लागेको थियो । कमेरे तल थेप्चेढु«ङ्गा, बाघलोटेतिर सल्लीपीर झरेको थियो । सल्लाघारी सुसाइरहन्थ्यो । काकाकुल, कोइली लगायत चराहरुले थप संगीत गुन्जाउँथे । पुरै भिर पाखाहरु गुन्जायमान हुन्थे । हाम्रा वन र ख¥यानको माटो, घाँस, बोटबिरुवा, चराचुरुङ्गी सबैलाई साथी बनाउँदा बनाउँदै करिब पन्ध्र दिनको होम क्वारेन्टीन आनन्दले बितेको पत्तै भएन ।

विस्तारै गाउँको परिस्थिति सामान्य हुँदै गयो । गाउँमा कसैको अप्रिय खवर सुन्न परेन । मल फाल्नुपर्ने, गौँ, जौँ काट्नुपर्ने, झाट्नुपर्ने, बाँझो मार्ने, मकै छर्ने, सम्पूर्ण कामहरु सकिए । यी कामहरु गर्दा करिब एक महिनामा मैले काठमाण्डौ र मेरो डिग्रिलाई बिर्सिसकेको थिएँ । कहिलेकाहीँ काठमाण्डौतिरका साथीभाइहरुसँग कुराकानी हुँदा लकडाउनका, जागिरका र कोठाभित्रको बसाइका समस्याहरु सुन्दा जागिर छोडेर घर आएर ठिक गरेछु जस्तो लाग्यो । मेरो दाजु इन्डियामा हुनुहुन्थ्यो ।

इन्डियाका महामारीका डरलाग्दा खवरहरु रेडियो टिभिबाट सुनिन्थे । हरेक खबरमा मेरी आमाले मेरो दाइलाई सम्झिन्थिन् । सन्तानको माया । यदी म पनि घरमा नभइदिएको भए मेरी आमाका हरेक दिनरातहरु साँच्चै नै त्रासमा बित्थे । मेरो जागिर र काठमाण्डौको बसाईलाई मेरो बुबाआमा र गाउँको काखले जित्यो । मैले यसैलाई ठुलो कुरा माने, खुसी भएँ ।
काफलनेटीमै जन्मेहुर्केको पछि बसाइँसराइँ गरेर सन्धिखर्क गएको राजेन्द्र भाइसगँ मेरो धेरै सम्पर्क भइरहन्थ्यो । उ कृषिमा आबद्ध थियो र धेरै रुचि पनि । उ सबै कुरा छोडेर कृषिमा राम्रो भविष्य देखेको मान्छे । च्याउ खेति गरिरहेको थियो ।

लकडाउनले उसलाई पनि घरमै बसालेको थियो । उसलाई काफलनेटीमा आप्mनो जग्गा नभएपनि कतै मिलाएर कृषि कर्म गरेर देखाउन मन भएको कुरा मलाई पटक पटक भनेको थियो ।
मैले पनि यो कुरालाई सकारात्मक रुपमा लिइरहेको थिएँ र सोचिरहेको थिएँ गाउँमा के गर्न सकिन्छ होला भनेर । गाउँमा केहि गर्नको लागि लकडाउन नै उत्तम समय हो भन्ठानेर मैले उसलाई गाउँमै बोलाएँ ।

जेठ महिना चल्दै थियो । घरमा काम गर्ने मान्छे कोही नभको र बुबा आमाले नसक्ने भएपछी आधा भन्दा धेरै बारीहरु बाँझिएका थिए । ओद्देमा दिइयका बारीहरु स्यार सुसार नपायर रुख्खिदै गएका थिए । ढिक काल्नाहरुलाई बनमाराले खाइसकेको थियो । बुबाआमाले पनि सम्पत्तीले स्यार नपाएको कारणले फेरी ओद्देमा नदिने बिचार गर्नुभयो । सकुन्जेल गरेर खाएका बारिहरु बाँझिदै जाँदा बुबाआमा चिन्तित हुनुहुन्थ्यो । राजेन्द्र र मैले बुबा आमा सगँ सल्लाह गरेर तिनै बाँझा बारीलाई सदुपयोग गर्ने बिचार ग¥यौँ । हेर अब बाँझिएका बारीहरुले स्यार पाउने भय भनेर बुबा आमा पनि खुसी हुनुभयो ।

हाम्रो ठाउँ समुन्द्री सतह बाट करिब अठार सयको उचाइमा छ । यो ठाउँमा के लगाउँदा उपउक्त होला भनेर छलफल ग¥यौँ । बुबाआमा लगायत गाउँका अरु दाजुभाइहरुसगँ पनि सल्लाह लियौँ । यो ठाउँमा कि जात पनि हुन्न दुख मात्रै हुन्छ भन्ने मान्छेहरु पनि भेटिए । मान्छेहरुले यस्तो भन्नुमा अहिले सम्म कसैले केहि गरेर नदेखाको भएर हो भन्ने हामीलाई लाग्यो । हुनपनि हो अहिले सम्म तेस्तो उत्पादनमूलक कसैले पनि केहि गरेको पाइएको छैन । सुदिप दाइले पहिले देखि नै कृषिमा रुचि राख्दै आउनुभएको र धेरै कुराहरु अहिले पनि परिक्षण नै गरिरहनुभएको छ । उपल्लाघर जिवन दाईले पनि बाख्रा पालन गरिरहनुभएको छ तर तेती सन्तुष्ट भएजस्तो देखिँदैन । उहाँहरुले कागती, अम्रिसो, अलैँची र टिमुर खेतिमा राम्रो भविष्य भएको देख्नुहुन्छ । तर अहिले सम्म कुनै पनि खेतिबाट मनग्य आम्दानी भएको भने देखिएको छैन किनभने सबै जसो परिक्षणकै क्रममा जस्तै छन् ।

यहाँको भौगोलिक बनावट र माटो अनुसार केही अध्ययन, अनुसन्धान, छलफल र सरसल्लाहबाट ब्यापक रुपमा ठाउँअनुसार टिमुर, अलैँची र तेजपत्ता (सुनकाउली) लगाउने निर्णय ग¥यौँ । सुरुमा हामि आपैmले जाँगर निकाल्यौँ । बनमारा उखेल्ने, काडाँ फाँड्ने, काँडा काट्ने, ठाउँ छनोट गर्ने, खाल्ठा खन्ने, बिरुवा खोज्ने लगायतका काम सुरु ग¥यौँ । करिब पन्ध्र सय अलैँची, तीन सय तेजपत्ता र दुइ सय टिमुर लगायर बाँझो रहेको जमिन सबै सदुपयोग ग¥यौँ । चार पाँच बर्षपछि बार्षिक करिब चार देखि छ लाख सम्म आम्दानी दिने अनुमान गरेका छौँ । यसरी ब्यापक रुपमा काफलनेटीमा कृषि गर्न लागेको हामि पहिलो पटक हो । प्रतिफल कस्तो आउँछ त्यो समयले बताउला ।
मैले गाउँघरका भाईबहिनिहरुलाई जम्मा गरेर ट्युसन पढाउँथे । ट्युसनको अलावा गाउँमा केहि फरक स्वाद चखाइदिन प¥यो भनेर ट्युसन सगँै एउटा बाल नाटकको पनि तयारी गराएँ । भाइबहिनिहरुको उत्साहपूर्ण सहभागिता रह्यो । करिव पन्ध्र दिनको प्रशिक्षणपस्चात नाटक तयार भयो । भाईबहिनिहरुको लागि त्यो पन्ध्र दिन अत्यन्तै खुसीका दिन रहे । धेरै सीपहरुको विकास गरे । नाटक काफलनेटीको मुटु भूमेकाथान (पारिचौर) मञ्चन गर्ने सल्लाह ग¥यौँ । मञ्चनको अघिल्लो दिन सबैजनाले सल्ले काफलनेटीका सम्पूर्ण परिवारहरुलाई चकलेट दिएर घरघरमा गई निमन्त्रणा गरे । नाटक मञ्चन गाउँको लागि नौलो थियो । अर्काे दिन गाउँलेहरुको उल्लेख्य सहभागिता रह्यो । भाइबहिनीहरुले पनि निर्धक्कका साथ मञ्चन गरे । नाटक “मायालु मञ्जु” सामाजिक परिवेशमा आधारित सन्देशमुलक थियो । गाउँलेहरु तथा भाईबहिनिका आमाबुबाहरु आप्mना छोराछोरीको प्रस्तुती देखेर दंग परे । आप्mना छोराछोरीको प्रतिभा थाहा पाए । यसमा साथी गणेश पौडेलको उल्लेख्य सहयोग छ ।
नाटक हेर्न गाउँका सब युवायुवतीहरुको पनि उपस्थिती थियो । तिनिहरु पनि भाईबहिनिहरुको नाटकबाट खुसी थिए । नाटक सकिएपछी दुई चार जना मिलेर गफगाफ गर्दागर्दै सबैलाई समय कटाउन गाह्रो भएको कुरा आयो । तेतिखेर गाउँमा एकदुइभारी घाँस काट्न बाहेक अरु खासै काम थिएन । हामी फुर्सदिला थियौँ । लकडाउन खुल्ने कुनै संकेत थिएन । हामी युवा युवती मिलेर गाउँको लागि के गर्न सकिन्छ भनेर छलफल गर्न लाग्यौँ । अन्त्यमा भाइबहिनीहरुले यती राम्रो नाटक गरे भने हामी पनि यस्तै नाटक गरौँ न त भन्ने कुरो आयो । यो कुरामा हामी सबै जना सहमत भयौँ । साथी गणेश हामि सगँै थिए । उनि नाटक कलाकार नै थिए । उनले पनि सहयोग गर्ने भनेपछि हामि झन खुसी भयौँ । हामीहरु करिब अठार विस जनाको समूह हुने भयो । हामी सबै उत्साहित देखिन्थ्यौँ । शुशील, शुनील, प्रेम म लगाएत मिलेर तेसै राति गाउँकै समसामयीक परिवेश तथा समस्यामा आधारित स्कृप्ट तयार पा¥यौँ । करिब बीस पच्चिस दिनको तयारी पश्चात नाटक तयार भयो । जैले मुलावारी आउने जाने गरेको देखिरहनेहुनाले गाउँलेहरुले कहिले देखाउलान् कस्तो देखाउलान् भनेर दिन कुरेर बसिरहेका थिए । लकडाउनले मानिसहरु जम्मा गराउनलाई अप्mठ्यारो बनाएको थियो तर गाउँ सुरक्षित नै भएकोले गाउँका मात्र मानिसहरुलाई जम्मा गरेर सामाजिक दुरी कायम गरायर नाटक मञ्चन गरायौँ । गाउँलेहरुले पञ्चायत कालपछी नाटक बल्ल देखेको प्रतिक्रिया दिए । अत्यन्तै रमाय । अझ ठुलाबाँज भुनिराम माइलाबाले त हाम्लाई यस्ता नाटक महिनामा एउटो देखाओ भन्दैहुनुहुन्थ्योे । हामि सहभागीहरु सबै कलाकार भयौँ । नाटकले हामि सबैमा आत्मविकास तथा गाउँका सबै युवा युवतीहरुलाई एकिकृत गराउन सहयोग ग¥यो । नाटक “झिल्को” को निर्देशन साथी गणेश पौडेलले नै गरे ।
जैले मुलाबारी चौरमा नाटक भन्दै समय बिताएको, रमाएको बानी नाटक सकिएपछी त हामि सबैलाई के गरम र कसो गरम भयो । बिहानमा एक भारी घाँस काटेपछी त काम केहि पनि भएन । बानी बिग्रेछ भन्या । नाटकको प्रतिक्रियाबाट उत्साहित भएका हामि फेरी पनि अरु केहि गरम भनेर सल्लाह ग¥यौँ र सबैको सल्लाह अनुसार एउटा लोक दोहोरी तयार पार्ने निर्णय ग¥यौँ । स्थान मुलाबारी नै तय ग¥यौँ । समय पनि दिउसो तिन बजेदेखि बेलुका छ बजेसम्म तोक्यौँ । दोहोरीको सन्दर्भ लकडाउन नै राख्यौँ । केटातर्फको नेतृत्व शुशिल र केटीतर्फको नेतृत्व हेमन्ताले गर्ने कुरो भयो । बर्षाको समय भएकोले कहिलेकाहीँ पानीले समस्या नै पाथ्र्यो । सबै कुराको बाबजुत दोहोरी पनि तयार पा¥यौँ । गाउँलेहरु दोहोरी कहिले देखाउलान् भनेर पर्खिरहेका थिए । दोहोरीको दिन पनि आयो । यो पाली पनि मानिसहरुको उल्लेख्य सहभागीता रह्यो । सबैजना खुसी भए, रमाए । नाटक हामिले निःशुल्क प्रस्तुत गरेका थियौँ तर कसै कसैले यती राम्रो नाटकको लागि मागेका भा दुइ चार रुप्पे दिने थियौँ भन्ने सुनेको भएर यसपाली चाहिँ दिन इच्छुक सबैलाई अनुरोध ग¥यौँ । धेरैले सहयोग गर्नुभयो । सहयोग राम्रै उठ्यो र अर्को दिन तल्लापोख्राको डाँडोमा वनभोज गयौँ, औधी रमाइलो ग¥यौँ ।
मेलापर्वका दिनहरु सुरु भए । लकडाउन खुकुलो हुँदै गयो । लकडाउनले थला पारेको मानिसको आर्थिक स्थितिले कमाउन जान बाध्य बनायो । विस्तारै मानिसहरु कामको खोजी गर्दै कोही शहर, कोही इन्डिया, कोहि विदेशतिर जान थाले । म पनि मंसिरको पहिलो साता गाउँका नौ दश महिनाका यादहरु बोकेर काठमाण्डौँतिर लागँे ।
करिब चार पाँच महिनाको काठमाण्डौको बसाइपछी कोभिडको दोस्रो लहर सुरु भयो । फेरी लकडाउन हुने सुचना आयो । करियरको चिन्ताले भन्दा पनि मलाई गाउँ जान पाउने खुशीले जित्यो । मानिसहरुले डिग्री गरेको मान्छे यसरी खाली बसेको देख्दा नराम्रो सोच्दा हुन् । सरकारी जागीर खाने सोच कहिल्यै आयन । नौ दश बर्ष काम गरेको अनुभवले आप्mनो क्षेत्रमा अब्बल बनाएको छ । आप्mनै क्षेत्रमा उद्यमशिलताको बाटोमा छु । ढिलो चाडाँे अवस्य राम्रो गरिन्छ भन्ने कुरामा पूर्ण विस्वस्त छु । जागीर नै नभएपनि आयस्रोतका बाटाहरु छदैँ छन् । यो महामारीको बेलामा आयस्रोत नै नभएपनि घरपरिवार सगँ सगँै बसेर यो महामारीबाट सुरक्षित हुन सकिन्छ भने त्यो भन्दा ठुलो कमाई यो बेलाको अरु हुन सक्दैन ।
पोहोर सालको कोभिडको पहिलो लहर भन्दा यो सालको दोस्रो लहर झन् डरलाग्दो भएर फैलियो । पोहोरसाल भन्दा मानिसमा बढी त्रास फैलिरहेको छ र दिनानुदिन मृत्युका खवरले मानिसलाई अझ बढी सजग बनाएको छ । पोहोर साल त बोटविरुवा रोपेर, नाटक गरेर, दोहोरी गरेर लकडाउनको सदुपयोग गरियो भने अहिले के गर्ने त ? पोहोरसाल लगायका बोटविरुवामा गोडमेल र मलजलको काम त छदैँ छ त्यो भन्दा बाहेक अरु के गर्ने त भनेर सोचेँ । हाम्रो मालारानी गाउँपालीकाले पचास प्रतिशत छुटमा टनेल वितरण गरेको खबर थाहा पायँ । हाम्रो पोहोर सालको नाटकको सन्देश पनि हरेक घरमा टनेल राखेर बेमौसमी खेती गर्न प्रोत्साहन गर्नु थियो । जिवन दाईले र सुदिप दाईले गोलभेँडा फलाएको देखेँ तर धेरै मेहेनतले । मैले पनि गरे कसो नहोला भनेर वडाबाट एउटा टनेलको सिफारीस लिएर पालिकामा बाशुदेव र म गएर टनेल ल्याएँ । विउ आपैm लिएर बेर्ना तयार पारेँ । बुवा, माथि माइलदाई, म, नविन, माइकल, मिलन मिलेर मनसुन सुरु नहुदैँ टनेल तयार पा¥यौँ । सबैले अलिकति अग्लो भयो भन्दै थिए तर गोलभेँडाको लागि दुई मिटर उचाइ ठिकै थियो ।
बिरुवाहरु अल्ली बाक्लै लगाएको थिएँ । आवस्यक परामर्श ठुलाबाँज कृष्ण र खन नविन सगँबाट लिइरहेको थिएँ । दिनको दुइ पटक जाने हेर्ने गर्थे । हुर्केको देख्दा साह्रै खुसी लाग्थ्यो । फोटो खिच्थेँ । साथीभाईहरुलाई पठाइदिन्थे । एउटा राम्रो विरुवा त झन् मैले फेसबुकको स्टोरीमा समेत राखेको थिएँ । भिडियो कल गरेर कृष्णलाई देखाउँदा साहै्र खुसी भयो । बेर्ना राम्रो सगँ हुर्केका देख्यो । काला पात गरेर सबै एकैनासले हुर्केको देख्दा जो पनि लोभिन्थ्यो । कृष्णले झिक्रा कसरी राख्ने भन्ने बारे मलाई बताइदियो । उसले गोलभेँडा राम्रैसगँ फलाउने सम्भावना देखेको थियो । उसले भन्थ्यो, “गर्न पर्ने सबै कुरा म तलाई यहीँबाट बताइदिन्छु, तैँले गाउँमा नमुना गोलभेँडा फलाएर देखा, कसै कसैलाई देखायकै हो जसरी गर ।” म पनि उत्साहित भएको थिए । हुन्छ भन्ने कुरामा म पनि आशावादी थिएँ । यती कुराकानी भैसकेपछी हामिले फोन राख्यौँ ।
बेलुका खाना खाएर बैठकमा सुत्न निस्कियँ । मौसम पुर्वानुमान महाशाखाले मनसुन भारतको केरला बाट हिँडेको छ जुन तेह्र तारिख सम्ममा नेपाल भित्रिने समाचार दिएको थियो । नभन्दै एक्कासी हावा हुरी सहित मनसुन सुरु भयो । त्यो हावाको वेग सुसाएको सुन्दा मेरो मुटु नै ताकेजस्तो भयो । त्यो हावा टनेलमा ठोक्किदा निस्केको आवाजले मलाई मिनि र्हाट अट्याक आएजस्तो हुन्थ्यो । म ति विरुवाहरुलाई छोराछोरी सरह सम्झिन्थे, माया गर्थे । ति साना साना विरुवाहरुलाई हावाले पेल्दाको पिडा म महसुस गर्न सक्थे । जोगाउने उपाय म सगँ केहि पनि थिएन । जे पर्ला उही टर्ला भन्ने सोचेर निदाउने प्रयास गरे तर धेरैवेर निदाउन सकिन ।
अर्काेदिन विहान पनि उत्तिकै हावा र पानि परिरहेको आवाज म बैठक कोठाबाट सुन्न सक्थे । टनेलको आवाज पनि आइरहेको थियो । मनमनै सत्तुरले सबै खाइदियो भन्ने सोचे । माइकल उठेर पिसाब फेरेर फर्किदा अंकल टनेल ता उडाइदिएछ भन्यो । मलाई नरमाइलो लाग्यो । हेर्न पनि मन लागेन । ढिला उठ्छु भनेको बेजोडले चलेको हावाहुरीसगँैको टनेलको आवाजले सुत्नै दिएन । ढोका खोल्दा वित्तिकै आँखा सिधै तेहि टनेलमाथिी गए । हावाले डाँडाभाटाबाट टनेललाई चुँडाल्न हर प्रयास गरिरहेको थियो । गाडेका किलाहरु सबै लालाबालाका टाउकामाथी बजारीएका थिए । त्यो देख्दा मलाई दुखिरहेको थियो । एउटा तस्विर कैद गरे अनि सबै आसाहरु मारेँ ।
बुवाआमाले भन्नुभयो, “रहर गरेओथिस् द्यायन सत्तुरले”, मैले भने, “अब के गर्नेतो, अब ज्याला तिरेर बलियो बनाउन लगाउन प¥यो ।” “ह टेन्सन नगर, कस्ता कस्ता दुख झेलेर ता मान्छे बाँचेओछ यो जाँटो केइ हैन । अब मैले हेर्दै जा दुनियाले फोटो खिच्ने टनेल बनाउँछु ।” बाउको यो हिम्मत सुनेर म पनि केहि शित्तल भएँ । हासेँ ।
लकडाउन उत्पादनमूलक होस् भन्ने मेरो मान्यता हो । पहिलो पटक गर्ने सम्पूर्ण कामहरु प्रयास मात्र हुन् जसमा पूर्णता प्रायमा भेटिँदैन । अंग्रेजीमा एउटा भनाई छ । “एक्स्पेरियन्स इज द बेस्ट टिचर” अनुभवले नै धेरै सिकाउने हो, काममा पूर्णता ल्याउने हो । तर काम नै गर्न छाड्नु चाहिँ गलत हो । शिव खेडाको ‘जित तपाईको’ भन्ने पुस्तककमा पनि ‘सफलतामा उनान्सय प्रतिशत असफलता लुकेको हुन्छ’ भनेको छ ।
समग्रमा पोहोर सालको लकडाउन उपलब्धिमूलक नै रह्यो । पोहोर सालको लकडाउनमा टिमुर, अलैँची र तेजपत्ता लगाइयो जुन दिर्घकालिन रुपमा सोच्ने हो भने अवकासपश्चात आउने पेन्सन जस्तै हो । नाटक र दोहोरी दुवै सामाजिक रुपान्तरण गर्ने माध्यम हुन् । यी दुबैको माध्यमबाट हामिले सामाजिक समस्या र तिनको समाधान गर्ने उपायहरु छर्लङ्ग देखाइदियौँ । यो सालको लकडाउन पनि उपलब्धिमूलक नै हुनेछ । केहि नयाँ क्षेत्रमा हात हाल्नुपर्छ सके सफल भइन्छ नत्र पाठ सिकिन्छ । भनिन्छ नि ‘सिकाइ जिवनपर्यन्त प्रक्रिया हो ।’

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल