वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

अर्थ, स्वास्थ्यसहित ३ सचिवको सरुवा

अर्थ, स्वास्थ्यसहित ३ सचिवको सरुवा

काठमाडौं । कोरोना महामारीका बेला सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ३ सचिवको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका सचिव लक्ष्मण अर्याल थिए । त्यस्तै सरकारले अर्थ सचिवमा मधु मरासिनीलाई लगेको छ । मरासिनी महालेखा परिक्षकको कार्यालयमा थिए । स्वास्थ्य मन्त्रालयका सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले अर्यालसहित तीन जना सचिवलाई सरुवा गरेको हो। अर्थ सचिवमा मधुकुमार मरासिनी आएका छन् शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

अर्यालसहित तीनै जना सचिवले आज पत्र बुझ्ने बताइएको छ। अर्याल २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका डा रोशन पोखरेल सचिवमा बढुवा भएका थिए। स्वास्थ्यमा दुई जना सचिव हुँदा विवाद आउने भन्दै सरकारले स्वास्थ्य सेवा तर्फका पोखरेललाई मात्र राख्ने निर्णय गरेको हो।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल