वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

जयसिंह धामीबारे सत्यतथ्य सार्वजनिक गर्न माओवादीको आग्रह

जयसिंह धामीबारे सत्यतथ्य सार्वजनिक गर्न माओवादीको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भारतीय नागरिकको अभानवीय व्यवहारका कारण ज्यान गुमाएका नेपाली नागरिक जयसिंह धामीबारे सत्यतथ्य सार्वजनिक गर्न सरकार समक्ष आग्रह गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले दार्चुला घटनाबारे सरकारको ध्यानआकर्षण गराउदै सत्यतथ्य सार्वजनिक गर्न माग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘दार्चुलाका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन्। भारतीय एसएसबीले तुइनको डोरी चुँडाल्दा बेपत्ता भएको देखिएको छ,’ श्रेष्ठले भने, ‘घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ। कूटनीतिक माध्यमबाट पहल गरी दोषिमाथि कडा कारबाही गर्न माग गरिएको छ।’

भारतीय एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली जयसिंह धामीको निधन भएको थियो ।

माओवादीसहित राजनीतिक दलहरुले दार्चुलामा नेपालीमाथि भइरहेको ज्यादतीलाई लिएर भारतीय पक्षको विरोध गरिरहेका छन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल