वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

माओवादीले मन्त्रीको नाम भोली टुङ्ग्याउने, यी हुन् संभावित अनुहार

माओवादीले मन्त्रीको नाम भोली टुङ्ग्याउने, यी हुन् संभावित अनुहार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम भोली टुंगो लगाउने भएको छ । आज बसेको स्थायी समिति बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘जनता समाजवादी पार्टी र सरकारमा समेल हुने सवैलाई सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्नु ठिक हुन्छ भन्ने ठानेर ढिला भएको हो । तर गठवन्धनमा सामेत कतिपय दलले सरकारमा सामेत हुने नहुने अझै निर्णय नभएकाले ढिला भएको हो । तर अव ढिला गर्नु हुदैन भन्नेमा हामी निश्कर्षमा पुगेका छौं । अब एक दुई दिन भित्रैमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा हामी अघि बढ्छौं । अहिले सम्म अध्यक्षलाई अन्तिम निर्णय गर्न दिने निर्णय भएको छैन । भोली फेरी स्थायी समिति बैठक बसेर निर्णय हुन्छ । अव माधव नेपाल पक्षले पनि केही दिन भित्रै नाम दिनुपर्छ । अव ढिला गर्नु हुदैन ।’

माओवादीका तर्फबाट मन्त्रीका संभावित अनुहार
माओवादीबाट प्रदेश १ बाट अहिलेको सरकारमा प्रतिनिधित्व हुन सकेको छैन । त्यसैले अव पठाउने सूचीमा माओवादीका तर्फबाट प्रदेश १ का संघीय संसदका सांसदमध्ये १ जना मन्त्री बन्ने पक्का छ । चर्चामा आएका र यसअघि मन्त्री नभएका सुरेशकुमार राई, अमनलाल मोदी, सुदन किराती मध्य एक जना प्रदेश १ बाट मन्त्री बन्ने लगभग पक्का छ ।

सो प्रदेशबाट शीवकुमार मण्डलको पनि चर्चा छ । उनी यश अघि मन्त्री भईसकेका छन् । दावेदार सांसद मोदीले आफू संविधानसभादेखि लगातार संसदमा आएको र थारु समुदायबाट मन्त्री हुन बाँकी रहेकाले यसपाली आफ्नो संभावना बलियो रहेको दलिल पेश गरेका छन् ।

प्रदेश २ बाट पनि अहिलेको संघीय सरकारको मन्त्रिपरिषदमा प्रतिनिधित्व भएको छैन । मधेशी समुदाय पनि समेट्नुपर्ने भएकाले प्रदेश १ बाट मन्त्री बन्नेमा नेता मातृका यादवको पनि चर्चा चलेको छ ।

प्रदेश ३ बाट नेतृ पम्फा भुषाल ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बनिसकेकी छन् । त्यस बाहेक पनि सिन्धुलीका हरिबोल गजुरेल, हितबहादुर तामाङ, अञ्जना विशंखेको चर्चा माओवादी बृत्तमा भईरहेको छ ।

गण्डकी प्रदेशबाट मात्र नभईसकन मन्त्री बन्नेहरुको माओवादी तर्फको अग्र सूचीमा नेता देवेन्द्र पौडेल छन् । माओवादीको स्थायी कमिटी सदस्यमध्य पौडेल मात्रै त्यस्ता नेता हुन् जो मन्त्री बनेका छैनन् । यसअघि पनि अध्यक्ष प्रचण्डले पौडेललाई मन्त्री बनाउने सूचीमा राखेर पनि हटाएका थिए । त्यसैले पनि यसपाली उनको संभावना अधिक रहेको श्रोतको दावी छ । गण्डकीबाट राष्ट्रिय सभाका नेताहरु नारायणकाजी श्रेष्ठ, दलका नेता दिनानाथ शर्मा, गोरखाका हरि अधिकारीले पनि रुची देखाएका छन् ।

शर्मा यसअघि पनि मन्त्री बनिसकेका छन् भने अधिकारीले मन्त्री हुने अवसर पाएका छैनन् ।

लुम्बिनी प्रदेशबाट मन्त्री बन्नेमा महेश्वर गहतराज सवैभन्दा अघि छन् । उनीसँगै नेताहरु जयपुरी घर्ती, रेखा शर्मा, सन्तकुमार चौधरीलगायतको पनि माओवादी केन्द्रभित्र चर्चा र छलफल भईरहेको छ । घर्ती र शर्मा विगतमा मन्त्री भईसकेका नेताहरु हुन् ।

कर्णाली प्रदेशले संघीय सरकारमा अर्थमन्त्री पाईसकेको छ । रुकुम पश्चिमका नेता जनार्दन शर्मा मन्त्री बनिसकेकाले सो प्रदेशबाट मन्त्री थपिने संभावना न्यून छ ।

सुदुरपश्चि प्रदेशले माओवादी केन्द्रका तर्फबाट मन्त्री पाउने भएमा हरिप्रसाद चौधरी र तारामान स्वार मध्य एक हुने संभावना छ । यसबारे माओवादी केन्द्रले छलफल गरेपनि टुंगो भने लगाएको छैन ।

आजको स्थायी समिति बैठकले यीनै नाममध्येमा छलफल गरेर टुंगो लगाउने संभावना रहेको नेताहरुले बताए ।

केन्द्रीय समिति पछि सर्यो
यसैबीच माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल