वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

दल त्याग गरेर एमालेमा गए विमला वलीलाई सांसदबाटै हटाउने माओवादी तयारी

दल त्याग गरेर एमालेमा गए विमला वलीलाई सांसदबाटै हटाउने माओवादी तयारी

बुटवल । प्रदेश ५ को राजनीति परिदृष्यमा विभिन्न ट्वीष्टहरु आईरहदा त्यसको केन्द्रमा रहेको एउटा नाम हो विमला खत्री वली । उनी तत्कालिन नेकपा बाट टिकट लिएर दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएकी हुन् ।

सर्वोच्च अदालतले एकता पछि एक भएको नेकपा विभाजन गरेर पूर्ववत माओवादी केन्द्र र एमालेमा फर्काईदियो । त्यसपछि नेकपा हुंदा निर्वाचित भएकाहरु कुन पार्टीका हुन् भन्ने विवाद कायमै छ । यस्तो विवादका बीच उनी विगतमा नेकपा एमालेमै क्रियाशिल थिईन् । तर लुम्बिनी प्रदेशमा सरकार फेरबदल र सरकार प्रतिको अविश्वास चुलिँदै गर्दा उनले आफू एमालेमा नरहेको माओवादी केन्द्र नै आफ्नो आधिकारीक पार्टी भएको बताएकि थिईन् ।

राजनीतिक परिदृष्यमा देखिएको परिवर्तनसँगै सांसद वलीले अहिले फेरी एमालेको फर्किएको अभिव्यक्ति दिएपछि प्रदेश ५ को राजनीति तात्तिएको छ । लुम्बिनी प्रदेशको नेकपा माओवादी केन्द्रले वली आफ्नो पार्टीको सांसद भएको र पार्टीको नीति विपरित गए सांसदपदबाट कारबाही हुनसक्ने चेतावनी दिएको छ । ऊता नेकपा एमालेका कतिपय नेताहरुले भने सांसद वली एमालेको फर्किन तयार रहेको बताउने गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि उनी एमालेमा फर्किएको कुरा बाहिर अहिले चर्चामा छ। लुम्बिनी प्रदेश सभा सदस्य तथा मुख्यमन्त्रीका दावेदार कुलप्रसाद केसीले उनी अहिले आफूहरुको पार्टी माओवादी केन्द्रमै रहेको बताए । समाचार दैनिकसँगको छोटो कुराकानीमा केसीले पार्टीको नीति र ह्वीप विपरित गएमा सांसद वलीमाथि दल त्यागको कारबाही गर्ने स्थिति आउन सक्ने उनले बताए ।

वली आफ्नो स्वास्थ्य उपचारका लागि नेपालगञ्ज पुगेको दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा बिमलालाई तत्कालिन नेकपा दाङले उम्मेदवार बनाएको थियो।

वलीले यस अघि बैशाख १९ गते एक विज्ञप्ती जारी गर्दै आफू नेकपा माओवादी केन्द्रमा रहेको कुरा विज्ञप्ती मार्फत जानकारी गराएकी थिईन् ।

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल